Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स कलेज: पढाई सँगै सिप र दक्षता दिने एउटा उत्कृष्ट प्लस टु

सेन्ट लरेन्स कलेज: पढाई सँगै सिप र दक्षता दिने एउटा उत्कृष्ट प्लस टु

  • मात्र एजुकेशन
  • शुक्रबार, जेष्ठ १ २०८३


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले सोमबार माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) को नतिजा सार्वजनिक गर्‍यो। नतिजा सार्वजनिक भए सँगै प्लस टु कलेजहरूले भर्ना खुलाएका छन् भने उक्त परीक्षा उत्तीर्ण विद्यार्थीहरू आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन्। खासगरी एस.इ.इ पछिको पढाइले व्यक्तिको आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा यो छनोट महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा के पढ्ने, कस्तो संस्थामा पढ्ने, कुन विषय पढ्दा के हुन्छ लगायतका जिज्ञासा विद्यार्थीहरूमा रहेको हुन्छ। त्यसमा पनि आफ्नो शैक्षिक भविष्यको मार्गचित्र कोर्न कुन संस्था उपयुक्त होला भन्ने कौतुहलता अधिकांश विद्यार्थीमा रहेको हुन्छ। त्यही प्रश्नको उत्तर खोज्ने क्रममा मात्र एजुकेसनले एउटा उत्कृष्ट प्लस टु कलेजको बारेमा यो सामग्री तयार पारेको छ।

नतिजा प्रकाशन भए सँगै अहिले चाबहिल स्थित सेन्ट लरेन्स कलेजमा प्लस टु पढ्नका लागि बुझ्न र भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक बढेको छ। कलेजका ‘एडमिसन रुम’ हरूमा परामर्श लिने तथा भर्ना हुने विद्यार्थीहरूको चाप देखिन्छ। त्यस्तै टेलिफोन, सामाजिक सञ्जाल तथा अन्य माध्यम बाट कलेजको बारेमा बुझ्न चाहने पनि उत्तिकै छन्। कलेज प्रति यो किसिमको आकर्षणको पछाडि भने केही विशेष कारणहरू रहेका छन्।

सन् १९९७ मा स्थापित सेन्ट लरेन्स कलेजले आफ्नो स्थापनाको २९ औँ वर्ष पार गर्दै गर्दा गुणस्तरको पर्यायका रूपमा आफूलाई स्थापित गरेको छ। ‘ योर सक्सेस आवर कमिटमेन्ट’ अर्थात् तपाईँको सफलता: हाम्रो प्रतिबद्धता भन्ने नारासहित अघि बढेको यो कलेजले विद्यार्थीले पाउने सिपमूलक र व्यवहारिक ज्ञान अनि त्यसबाट पाउने सफलतालाई नै एक मात्र लक्ष्य बनाएको छ। उच्च माध्यमिक तहदेखि स्नातकोत्तर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको छ ।

अनुशासित र उत्कृष्ट शैक्षिक वातावरण, शैक्षिक सँगै अतिरिक्त पाठ्यक्रममा पनि जोड, हरेक परीक्षामा उत्कृष्ट नतिजा, विश्वस्तरीय भौतिक पूर्वाधार, यातायात सहित पुस्तकालय, ल्याब, होस्टेल, सफा र स्वच्छ क्यान्टिनको सुविधा, उपयुक्त शुल्क र छात्रवृत्तिको व्यवस्था आदि सेन्ट लरेन्सका विशेषताहरू हुन्। त्यस्तै आफ्ना विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नु सेन्ट लरेन्सको अर्को प्रमुख विशेषता हो।

गुणस्तरीय, व्यावसायिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नुलाई आफ्नो मिसन बनाएको यो कलेजले विश्व बजारमा बिक्न सक्ने प्रतिस्पर्धी नागरिक उत्पादन गर्नुलाई आफ्नो भिजन बनाएको छ। उक्त मिसन, भिजन पुरा गर्नका लागि कलेजले आफ्नै किसिमका केही पद्धतिहरूको विकास गरेको छ। खासगरी अनुसन्धानमा आधारित सिकाई, विषय विशेषज्ञहरू द्वारा अतिथि कक्षा, दक्ष तथा अनुभवी प्राध्यापकहरू, उत्कृष्ट नतिजा, अतिरिक्त क्रियाकलाप, सहभागितामूलक तथा प्रतिस्पर्धात्मक विधि, इन्टरनेटमा आधारित सिकाई प्रणाली, नियमित परियोजना कार्य र वर्कसप, करियर बारे परामर्श, शैक्षिक भ्रमण र विज्ञान तथा आइटी मेला आदिले सेन्ट लरेन्सको उद्देश्य पुरा गर्न सघाउँछन्।

+२ मा विज्ञान पढ्नेहरू माझ विशेष लोकप्रिय रहेको यो कलेजले उक्त संकाय पढ्नेहरूका लागि ‘इनोभेसन ल्याब’ को अवधारणा ल्याएको छ। प्रयोगात्मक शिक्षा मात्रै पनि अब पर्याप्त हुँदैन भनेर विकास गरिएको यो अवधारणामा उक्त ल्याब मार्फत विद्यार्थीहरूले पाठ्यक्रममा पढेका सिद्धान्तका आधारमा नयाँ नयाँ प्रयोग गर्दै आफैँ अन्वेषण र आविष्कार गर्ने गरेका छन्। यसकै फलस्वरूप विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय उपलब्धि कलेजले हासिल गर्ने गरेको छ। सन् २०२४ मा मलेसियामा र सन् २०२५ मा ताइवानमा आयोजित ‘एसिया प्यासिफिक योङ साइनटिस्ट समिट’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएर दुवै वर्ष पुरस्कृत हुन कलेजका विद्यार्थी सफल भएका थिए। सेन्ट लरेन्समै पढेका विद्यार्थी रामु खत्रीको नेतृत्वमा चलिरहेको ‘इनोभेसन ल्याब’ ले त्यस्ता धेरै विद्यार्थीहरूलाई विज्ञान विषयको विज्ञ बनाउन सहयोग गरेको छ।

सेन्ट लरेन्समा पाइने अर्को एउटा विशेषता अन्य शैक्षिक संस्थाहरूमा विरलै पाइन्छ। सूचना प्रविधिको युग भनेर चिनिने आजको युगमा दिनानुदिन भइरहेका परिवर्तन सँग अध्यापकहरू पनि अद्यावधिक हुनुपर्छ भन्ने विश्वास कलेजको छ। त्यसैले आफ्ना अध्यापकहरूलाई नियमित तालिम दिनका लागि कलेजले काठमाडौँ विश्वविद्यालय सँग सम्झौता गरेको छ। यसो गर्दा शैक्षिक गुणस्तर अझै बढ्ने कलेजको विश्वास छ।

कलेज भित्र निर्माण गरिने विभिन्न क्लबहरूले विद्यार्थीको शिक्षण सँगै अन्य क्षमता विकासमा सहयोग गर्छन्। सेन्ट लरेन्समा अध्ययन गर्ने विद्यार्थीले खेलकुद क्लब, साहित्य क्लब, सांस्कृतिक क्लब, विज्ञान र आइटी क्लब, कला र सिर्जनात्मक क्लब, सामाजिक क्लब, सेन्ट लरेन्स एमयुएन (मोडल युनाइटेड नेसन्स) , लिओ क्लब, ग्रिन आर्मी, स्काउट र उद्घोषण क्लब आदिमा आफ्नो रुचि र क्षमता अनुसार भाग लिन पाउँछन्।

शैक्षिक गतिविधि सँगै सेन्ट लरेन्सको सक्रियता सामाजिक कामहरूमा पनि देखिन्छ। कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा स्वास्थ्य शिविर, सरसफाइ कार्यक्रम, सामाजिक हितका लागि दान, स्थानीय समुदाय सँग अन्तरक्रिया, तिज, शिवरात्रि जस्ता पर्वहरूमा स्वयंसेवी कार्य, विपद् राहत कार्यक्रम र सामाजिक चेतनाका विविध कार्यक्रमहरू गर्दै आएको छ।

सेन्ट लरेन्सले आफ्ना विद्यार्थीलाई पढाउने मात्रै नभई जीवनका लागि तयार गर्ने प्रधानाध्यापक तारा प्रसाद सुवेदी बताउँछन्। ‘विद्यार्थीको क्षमता पहिचान र सोही क्षमताका आधारमा भविष्य निर्माण हाम्रो प्राथमिकता हो।’ उनी भन्छन्, ‘त्यसका लागि हामीले डिजिटल सिकाइ, सहज शैक्षिक वातावरण, अभिभावक सँग प्रत्यक्ष अन्तरक्रिया लगायतका गतिविधि गर्दै आएका छौँ। त्यस्तै सेन्ट लरेन्सले +२ पढ्दा पढ्दै आफ्ना विद्यार्थीलाई विभिन्न प्रवेश परीक्षाहरूको समेत तयारी गराउने गरेको छ। हामी विद्यार्थीलाई सिप दिएर बजार सँग जोड्ने काम गर्छौँ। त्यस्तै विभिन्न देशका शैक्षिक संस्था सँग हुने ‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ ले पनि हाम्रा विद्यार्थीलाई विशेष अवसर प्रदान गर्छ।’

यिनै गतिविधि र उपलब्धिहरूले गर्दा सेन्ट लरेन्सले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विभिन्न ख्यातिप्राप्त सम्मान तथा पुरस्कारहरू प्राप्त गरेको छ।

विभिन्न समयमा प्राप्त सम्मान तथा पुरस्कार, स्वतन्त्र सर्वेक्षणहरूले देखाएको नतिजा, राष्ट्रिय स्तरका परीक्षाहरूमा कलेजले प्राप्त गरेको उल्लेखनीय सफलता, कलेज बाट आफ्नो अध्ययन पुरा गरेका विद्यार्थीहरूको सन्तुष्टि र प्रतिस्पर्धात्मक बजारमा उनीहरूले प्राप्त गरेको सफलता आदिले कलेजलाई अझै विश्वसनीय बनाएको छ। त्यसैले त एस.इ.इ को नतिजा आउनासाथ यो कलेजमा विद्यार्थीहरूको भिड लाग्ने गरेको छ।

कलेजका अध्यक्ष केशव प्रसाद दंगालको भनाइमा कलेजले आफ्ना विद्यार्थीमा मुख्य तिन सिपको विकास गर्ने गरेको छ। अनुशासित र मेहनती विद्यार्थी चरित्र निर्माण गरेर उसलाई भविष्य देख्न सक्ने, आफ्नो रुचिको क्षेत्रमा नेतृत्व लिन सक्ने र सोही क्षेत्रको ‘प्रोफेसनल’ बन्न सक्ने सिप आफूहरूले प्रदान गर्ने उनले बताए। त्यसका लागि विषयगत सिप प्रदान गर्ने गरेको उनको भनाई छ। ‘हामी +२ पढ्नेहरूलाई पढाई सँगै सिप र आत्मविश्वास प्रदान गर्छौँ।’ दंगाल भन्छन्, ‘हाम्रोमा होटेल म्यानेजमेन्ट पढ्नेले सँगै होटेल तालिम पनि लिन्छन्, ट्राभल पढ्नेले एयर टिकेटिङ लगायतका काम सिक्छन्, अकाउन्ट पढ्नेले विभिन्न सफ्टवेयरहरूको तालिम पाउँछन् भने आइटी पढ्नेले कोडिङ सम्बन्धी तालिम पाउँछन्। प्रत्येक विद्यार्थीले यहाँ प्रमाणपत्र सँगै सिप पाउँछन्।’ दंगालले सेन्ट लरेन्स आएर बुझ्ने विद्यार्थी,अभिभावकहरू सन्तुष्ट भएरै फर्किने गरेको भन्दै एक पटक भ्रमणका लागि अनुरोध पनि गरेका छन्।

यति धेरै विशेषता बोकेको कलेज महँगो होला ? पढ्न सकिन्न कि भन्ने जिज्ञासा तपाईँको मनमा पक्कै उठ्यो होला? तर सेन्ट लरेन्सले दिने सेवा सुविधाको तुलनामा महँगो शुल्क भने लिने गरेको छैन। उपयुक्त शुल्कमा स्तरीय शिक्षा दिने सेन्ट लरेन्सले त्यो शुल्क पनि तिर्न नसक्नेहरूका लागि छात्रवृत्ति दिने गरेको छ। कलेजमा विभिन्न शीर्षकमा छात्रवृत्ति उपलब्ध छ। एसइई मेरिट छात्रवृत्ति, प्रवेश परीक्षा मार्फत छात्रवृत्ति, आन्तरिक परीक्षा छात्रवृत्ति, बोर्ड परीक्षा छात्रवृत्ति र विशेष छात्रवृत्ति आदि कुनै पनि वर्गमा परेर तपाईँले छात्रवृत्ति प्राप्त गर्न सक्नुहुन्छ।

थप जानकारीका लागि मात्र एजुकेसनले तयार गरेको यो भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड