कथा- १, दुई ढुङ्गाको कथा
एकपटक मन्दिरको बलेनीमा रहेको ढुङ्गाले मन्दिरभित्र राखिएको ढुङ्गाको मूर्तिलाई सोध्यो, “साथी, तिमी पनि पहाडबाटै झरेको म
पनि पहाडबाटै झरेको , तिमी पनि ढुङ्गा म पनि ढुङ्गा तर पनि मान्छेहरू तिमीलाई सधैँ पूजा गर्छन् , फूल प्रसाद चढाउँछन् र ढोग्छन् पनि तर मलाई भने किन सधैँ आची कुल्चेका खुट्टाले कुल्चिछन् र ?” मन्दिर भित्रको ढुङ्गाको मूर्तिले जवाफ दियो,” हो साथी, हाम्रो जात एउटै , थातथलो पनि एउटै त्यति मात्र होइन हामी माथि बजारिएको छिनोको चोट पनि एउटै तर जब मानिसले तिमी माथि एक चोट के हिर्काएका थिए तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौँ त्यसैले तिमीलाई मान्छेले जुत्ता पुछ्ने सिँढी बनाए । हुन त म माथि पनि छिनोको चोट बर्सिएकै हो तर मैले त्यो चोटलाई सहेँ । त्यसैले आज तिमि त्यहाँ छौ म यहाँ छु “।
त्यसैले, सबै चोट खानेहरू सफल हुँदैनन् , सफल तिनै हुन्छन् जसले चोट खप्न जानेका हुन्छन् ।
कथा- २, त्यसपछि पहलमान चुप लाग्यो
एउटा पहलवान जस्तो ठुलो शरीर भएको मानिस आफ्नो सामान सहित एउटा स्टेसन मा ओर्लियो। उसले एउटा ट्याक्सीवालालाई भन्यो , “मलाइ मन्दिर जानु छ”। ट्याक्सी वालाले भन्यो २०० रुपियाँ लिन्छु । त्यस पहलमानले आफ्नो बुद्धिमनि देखाउँदै भन्यो। “कहाँ त्यति नजिक को २०० रुपियाँ? तपाइ ट्याक्सीवाला त लुट्दै हुनुहुन्छ। यति नजिकको २०० रुपैयाँ कसरी हुन्छ? म आफ्नो सामान आफै लगेर जान्छु । त्यो मानिस पर सम्म हिँड्यो र फेरी ट्याक्सी वालालाई प्रश्न गर्यो, “भाइ अब मैले धेरै दुरी सम्म हिँडिसके अब भन कति पैसा लिन्छौ”। ट्याक्सीवालाले जवाफ दिँदै भन्यो अब ४०० रुपैयाँ ।
ट्याक्सीवालालाई सुनेर त्यस मानिसले भन्यो पहिला २०० रुपैयाँ अनि अहिले चाहिँ ४०० रुपैयाँ किन?
उसले जवाफमा भन्यो, “महोदय यति बेर सम्म तपाइ विपरीत बाटो हिँड्दै हुनुहुन्छ जबकि मन्दिर त अर्को तर्फ छ” ।
त्यो पहलवान केही नबोली चुपचाप ट्याक्सीमा बस्यो ।
यसैगरी हामी जिन्दगीमा धेरै पल्ट गम्भीरता पूर्वक नसोची काम गर्छौ र आफ्नो मेहनत र बहुमूल्य समय बर्बाद गर्दछौ । र त्यस कामलाई आधा मै छोड्छौ। कुनै पनि काम हातमा लिनु अघि सोच बिचार गरेर लिनु पर्दछ र जुन काम हामी गरिरहेका छौ त्यो हाम्रो लक्ष्यको हिस्सा हुनु पर्दछ ।
एउटा कुरा याद राख्नुस् कि सधैँ सही दिशा भयो भने मात्र हाम्रो मेहनतले रङ देखाउँछ । यदि दिशा नै गलत छ भने हामी ले जति सुकै मेहनत गरे पनि फाइदा हुने छैन।
त्यसैले दिशा तय गर्नुस् र सफलता तपाइको हातमा हुने छ।