Matra Education आइतबार, साउन १० २०८३

५० पटक अन्तर्वार्तामा असफल, ५१ औँ चोटि करोडौँको जागिर

५० पटक अन्तर्वार्तामा असफल, ५१ औँ चोटि करोडौँको जागिर

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन ३ २०७८


काठमाडौं- भनिन्छ नि कोसिस गर्नेको कहिल्यै पनि हार हुँदैन । यदि तपाई सफलताको सिंढी चढ्न चाहनुहुन्छ भने कडा मेहेनत गर्न नछाड्नुहोस् । तपाईको चाहना एक न एक दिन पूरा हुनेछ । कडा मेहेनत र लगावकै कारण भारतमा एकजना युवतीले ठूलो उपलब्धि हासिल गरेकी छिन् ।

कुनै बेला जागिरका लागि धाउँदा(धाउँदा असफल भएकी र अन्तर्वार्तामै ५० पटक फेल भएकी २४ वर्षीया संप्रिती यादव नामकी युवतीले अन्ततः वार्षिक डेढ करोड रुपैयाँ बराबरको रकम कमाउने जागिर पाएकी छिन्, त्यो पनि गुगल कम्पनीमा ।

बेरोजगार हुँदा जागिरका लागि भौतारिने क्रममा विभिन्न कम्पनीमा पुगेकी यादवलाई कसैले पत्याएन । उनी ५० पटक त अन्तर्वार्तामा गइन्, तर कुनै पनि जागिरमा उनलाई बोलाइएन । यति हुँदा पनि उनले हार मानिनन्, मेहेनत गर्दै रहिन् ।

मेहेनतको फल मिठो हुन्छ भनेझैँ अहिले उनलाई एकसाथ चार ठाउँबाट जागिरको अफर आयो । सबैभन्दा ठूलो त गुगल कम्पनीको वार्षिक करिब पौने २ करोड रुपैयाँ बराबरको रकम कमाउने जागिरको अफर पनि उनले पाइन् । अन्ततः गुगलको उक्त जागिरको प्रस्ताव उनले स्वीकार गरेकी छिन् ।

फेब्रुअरी १४ देखि उनले गुगलमा काम गर्न सुरु गरेकी छिन् । भारतको नयाँ दिल्लीबाट कम्प्युटर साइन्समा उनले स्नातक गरेकी छिन् । उनले गुगलको जागिर पाउन पनि सजिलो चाहिं थिएन । विभिन्न ९ चरणको परीक्षामा खरो उत्रिँदै उनी छनोट भएकी हुन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड