Matra Education आइतबार, साउन १० २०८३

उत्प्रेरणात्मक कथा: आफैँलाई श्रद्धाञ्जली 

उत्प्रेरणात्मक कथा: आफैँलाई श्रद्धाञ्जली 

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र १८ २०७८


एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचना यस प्रकार थियो ‘हिजो यस कम्पनीमा तपाईँहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो’ । ‘सबै कर्मचारी मित्रहरूलाई श्रद्धाञ्जलीका लागि उपस्थित भइदिन अनुरोध छ।’

सुरुमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आतुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे ‘कमसेकम त्यो मान्छे त मर्‍यो जसले हाम्रो प्रगति रोकेको थियो ।’

एक एक गरेर कर्मचारीहरू कफिन नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए ।कुनै चिजले उनीहरूको अन्तर-आत्मालाई छोयो ।
कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।

ऐनासँगै एउटा कागजमा लेखिएको थियो ‘तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । ‘ हाम्रो जीवन परिवर्तन हुँदैन तब सम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होइन’ ।

एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरु हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड