काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले भोलि शुक्रवार बिहान ९ बजे बोर्ड बैठक राखेको छ। बैठकले सम्भवतः भोलि नै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्नेछ।
बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन् । नयाँ सचिव यादव कोइराला हिजो मात्र शिक्षा मन्त्रालयमा बहाली गरेका थिए । आज सचिव कोइराला परीक्षा बोर्ड पुगेका थिए ।
प्राप्त जानकारी अनुसार सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले भोलि नतिजा सार्वजनिक गर्ने तयारी पनि भएको हो ।