काठमाडौँ- बागबजार स्थित ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीले आइएलटिएस र पिटिई पढ्न चाहने विद्यार्थीहरूका लागि विशेष अफरको घोषणा गरेको छ । संस्थाले जेठ २ गते बुधवार बाट लागू हुने गरी रु १००० मै यी दुई भाषा कक्षा अध्ययन गर्न सकिने व्यवस्था गरेको हो। भर्खरै प्लस टु को परीक्षा दिएर फुर्सदको समयमा विदेश अध्ययन गर्नका लागि भाषा कक्षा तयारी गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै यस्तो अफर ल्याइएको हो । यस अवधिमा भाषा कक्षाका लागि नाम दर्ता गराउने नेपाली विद्यार्थीहरूले सबै आवश्यक अध्ययन सामाग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् भने सशुल्क मक टेस्ट पनि निःशुल्क प्राप्त गर्नेछन् । सामान्यतया ओएसिसले भाषा कक्षाको १०,००० र भर्ना १००० गरेर ११,००० रुपैयाँ शुल्क लिँदै आएको छ। अफरमा नाम दर्ता गराउने विद्यार्थीले भने अब यही सेवा १,००० मा लिन पाउनेछन् ।
ब्रिटिस काउन्सिल, आइडिपी तथा पियरसन पिटिईको आधिकारिक दर्ता केन्द्र समेत रहेको ओएसिसले आफ्नो संस्था बाट परीक्षाको बुकिङ गर्नेहरूका लागि समेत विशेष छुट प्रदान गर्ने घोषणा गरेको छ। यस अन्तर्गत आइएलटिएसको परीक्षा दिन तिर्नुपर्ने शुल्कमा केही रकम छुट विद्यार्थीहरूले प्राप्त गर्नेछन्।
थप जानकारीका लागि रत्नपार्क पुल सँगै रहेको ओएसिसको कार्यालय जानुहोस् वा यहाँ क्लिक गरेर ओएसिसको फेसबुक पेज सँग जोडिनुहोस् ।