Matra Education बिहिबार, कार्तिक ६ २०८३

एनपिएल सिजन ३ मा काठमाडौँ गोर्खाजसँग जोडियो क्लाउड एजुकेसन

एनपिएल सिजन ३ मा काठमाडौँ गोर्खाजसँग जोडियो क्लाउड एजुकेसन

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज २३ २०८३


काठमाडौँ- क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेज नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ का लागि काठमाडौँ गोर्खाजको ‘अफिसियल अब्रोड स्टडी पार्टनर’ बनेको छ ।

काठमाडौँ गोर्खाज सँगको यस साझेदारी मार्फत क्लाउड एजुकेसनले क्रिकेट प्रेमी, विद्यार्थी तथा युवामाझ आफ्नो उपस्थिति विस्तार गर्ने भएको छ । साझेदारी अनुसार एनपिएल सिजन ३ भर काठमाडौँ गोर्खाजको आधिकारिक जर्सीको नन-लिडिङ आर्ममा क्लाउड एजुकेसनको लोगो राखिनेछ ।

क्लाउड एजुकेसन ग्रुप प्रालिका निर्देशक आयुष गौतमले नेपालमा क्रिकेट खेल मात्र नभएर युवालाई ठुला सपना देख्न प्रेरित गर्ने माध्यमसमेत रहेको बताए । एनपिएल सिजन ३ का लागि काठमाडौँ गोर्खाजसँग साझेदारी गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै उनले यस सहकार्यबाट देशभरका विद्यार्थी तथा क्रिकेट प्रेमीसँग जोडिने अवसर प्राप्त हुने बताए । उनले खेलकुदप्रतिको युवाको उत्साहसँगै उनीहरूको वैदेशिक अध्ययनको यात्रामा समेत सहयोग पुर्‍याउने उद्देश्यले साझेदारी गरिएको बताए ।

काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले क्लाउड एजुकेसनलाई टोलीको अफिसियल अब्रोड स्टडी पार्टनरका रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । मैदानमा युवा खेल प्रतिभालाई अघि बढाउने काठमाडौँ गोर्खाज र नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाका लागि मार्गदर्शन गर्ने क्लाउड एजुकेसनको उद्देश्य युवालाई सशक्त बनाउने साझा सोचसँग जोडिएको उनले बताए ।

क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजले अस्ट्रेलियालगायत विभिन्न देशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श तथा भिसासम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई उपयुक्त शैक्षिक गन्तव्य छनोट गर्न आवश्यक मार्गदर्शन उपलब्ध गराउँदै आएको जनाएको छ ।

काठमाडौँ गोर्खाज नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने व्यावसायिक फ्रेन्चाइज टोली हो । एनपिएल सिजन ३ मा टोलीसँगको सहकार्यले क्लाउड एजुकेसनलाई खेलकुद र शिक्षामार्फत युवासँग जोडिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड