Matra Education बुधबार, कार्तिक ५ २०८३

बङ्गलादेशका विद्यार्थीका लागि ‘स्टडी इन नेपाल’ भर्चुअल शिक्षा मेला सम्पन्न

बङ्गलादेशका विद्यार्थीका लागि ‘स्टडी इन नेपाल’ भर्चुअल शिक्षा मेला सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज १६ २०८३


काठमाडौँ- नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने अभियानअन्तर्गत बङ्गलादेशका विद्यार्थीलाई लक्षित गर्दै पहिलो पटक भर्चुअल शिक्षा मेला आयोजना गरिएको छ।

‘स्टडी इन नेपाल’ले आयोजना गरेको उक्त भर्चुअल शिक्षा मेला नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो। मेलामा नेपालका चार शैक्षिक संस्थाको सहभागिता रहेको थियो। मेलामा लुम्बिनी बौद्ध विश्वविद्यालय, द वेस्टमिन्स्टर कलेज, प्रेसिडेन्सियल बिजनेस स्कुल र आईईसी कलेज अफ फेसन सहभागी भएका थिए।

कार्यक्रममा बङ्गलादेशका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। मेलामार्फत सहभागी शैक्षिक संस्थाले नेपालमा उपलब्ध उच्च शिक्षा, अध्ययनका अवसर तथा विभिन्न शैक्षिक कार्यक्रमबारे विद्यार्थीलाई जानकारी दिएका थिए।

नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने अभियानअन्तर्गत यो पहिलो पहल भएको आयोजकको भनाइ छ। बङ्गलादेशपछि अन्य देशका विद्यार्थीलाई लक्षित गर्दै यस्ता कार्यक्रमलाई विस्तार गर्ने उद्देश्य रहेको बताइएको छ।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यार्थी, शैक्षिक संस्था, सहकर्मी तथा साझेदारप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा अघि बढाउने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड