काठमाडौँ- अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीहरू माझ लोकप्रिय शैक्षिक परामर्शदाता संस्था सिल्भर एजुकेसन फाउन्डेसनले बुटवलमा शाखा बिस्तार गरेको छ। मंगलबार संस्थाको १२ औँ शाखाको बुटवलमा उद्घाटन गरिएको हो।
एक औपचारिक कार्यक्रमका बिच बुटवलको शुक्रपथमा अवस्थित शाखाको सिल्भरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले रिबन काटेर उद्घाटन गरेका हुन्। बुटवलमा सञ्चालित फिलिण्डर्स एजुकेसनले यो शाखा सञ्चालन गर्ने भएको छ । उद्घाटन कार्यक्रममा खनाल प्रमुख अतिथिका रूपमा रहँदा बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त प्रसाद ढकाल, नेका लुम्बिनी अध्यक्ष गणेश पौडेल र उपाध्यक्ष सुशील पाण्डे विशेष अतिथिका रूपमा रहेका थिए। फिलिण्डर्सका तर्फबाट संस्थापक सुशील ढकाल, निर्देशक पुष्कर बेलबासे र योगेश ढकालको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थी, अभिभावकहरूको समेत उपस्थिति थियो।
फिलिण्डर्सका सञ्चालक तथा सिल्भर एजुकेसन बुटवलका निर्देशक ढकालले सिल्भरले विगत १४ वर्षदेखि दक्षिण कोरियाको लागि काम गर्दै आएको र फिलिण्डर्सले पनि विगतदेखि नै विभिन्न देशका लागि काम गर्दै आएको बताउँदै नयाँ सहकारीले शैक्षिक परामर्श सेवा अझै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि खनालले पश्चिम नेपालका विद्यार्थीलाई मध्यनजर गरेर उनीहरूको सुविधाको लागि बुटवलमा शाखा सञ्चालनमा ल्याइएको बताए । सिल्भरले अन्य मुलुक सहित दक्षिण कोरियालाई विशेष प्राथमिकताका साथ काम गर्दै आएको पनि उनले जानकारी दिए।