काठमाडौँ- पुतलीसडकमा प्रधान कार्यालय रहेको वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले आइतबार ‘वेद एक्स्पो’ आयोजना गर्ने भएको छ। वेदको कुमारीपाटी स्थित कार्यालयमा आगामी सेप्टेम्बर ३ तारिखका दिन एक्स्पो आयोजना गर्न लागिएको हो। एक्स्पो अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्युजिल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थी लक्षित हुनेछ।
विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको सपनालाई उडान भराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको हो। विदेशी विश्वविद्यालयका प्रतिनिधिहरू सँग भेटेर प्रत्यक्ष अन्तरक्रिया गर्ने र भरपर्दो जानकारी प्राप्त गर्ने अवसर विद्यार्थीहरूले एक्स्पो मार्फत पाउनेछन्। सहभागी हुने विद्यार्थीहरूले छात्रवृत्तिको महत्त्वपूर्ण अवसर सहित आकर्षक उपहारहरू पनि प्राप्त गर्ने आयोजकले जनाएको छ। बिहान १० बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
एक्स्पो बारे मात्र एजुकेसनलाई जानकारी गराउँदै वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका सिइओ आसिक कार्कीले एक्स्पोमा एकै ठाउँ बसेर विद्यार्थीले विदेश अध्ययनका लागि आवश्यक सबै प्रक्रियाहरू बारे जानकारी पाउने बताए। विदेशी विश्वविद्यालयका प्रतिनिधि, बैंकका प्रतिनिधि, भाषा तयारी गराउने संघ संस्थाका प्रतिनिधि र सिपमूलक तालिम गराउने संघ संस्था सबै एकै ठाउँ हुने हुँदा सुनौलो भविष्यको खोजीमा रहेका विद्यार्थीका लागि यो अत्यन्तै महत्त्वपूर्ण अवसर हुने उनको भनाई थियो। कार्कीले सक्रिय सहभागिताका साथ मौकाको फाइदा उठाउन पनि सम्बन्धित सबै सरोकारवाला विद्यार्थी अभिभावकलाई अपिल गरेका छन्।
विदेश अध्ययन गर्न जान चाहने हजारौँ नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनिसकेको वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले उत्कृष्ट भाषा कक्षा समेत सञ्चालन गर्दै आएको छ। तपाईँ यहाँ क्लिक गरेर ‘वेद एक्स्पो’ का लागि रजिस्टर गर्न सक्नुहुन्छ।