काठमाडौँ- पछिल्लो समय विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ। अध्ययन सँगै प्राप्त हुने अवसरले यो सङ्ख्यालाई बढाउँदै लगेको हो। यी विद्यार्थीहरूलाई विश्वका विभिन्न भागमा रहेका प्रतिष्ठित शैक्षिक संस्थाहरू सँग जोड्ने काम शैक्षिक परामर्श व्यवसायीहरूले गर्दै आएका छन्। आज हामी तपाईँलाई एउटा विश्वसनीय शैक्षिक परामर्श व्यवसायीका बारेमा जानकारी गराउँदै छौँ।
राजधानीको तीनकुने शान्तिनगर गेट स्थित ब्लु वाटर एजुकेसनल कन्सल्टेन्सी त्यस्तो एउटा शैक्षिक परामर्श व्यवसायी हो जसले छोटो समयमै धेरै विद्यार्थी/अभिभावकको मन जित्न सफल भएको छ। कोरिया, युके, न्युजिल्याण्ड, जापान, क्यानडा, अस्ट्रेलियामा लगायतका गन्तव्यमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री हो ब्लु वाटर। थुप्रै गन्तव्यमा काम गर्दै आएको यो संस्थाले हालका लागि कोरिया, युके र न्युजिल्याण्डलाई विशेष प्राथमिकतामा राखेको छ। हामी यी ३ गन्तव्य जाने विद्यार्थीले ब्लु वाटर एजुकेसनल कन्सल्टेन्सी किन रोज्ने भन्ने विषयमा यहाँ चर्चा गर्दैछौं।
कोरिया
विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य हो दक्षिण कोरिया। कम लागतमा विद्यार्थी भिसामा जान पाइने एसियन देश हुनु, प्रयोगात्मक र विश्व स्तरीय शिक्षाको अवसर प्रदान गर्नु, अन्य पश्चिमी देशको तुलनामा सस्तो र गुणस्तरीय शिक्षा दिनुका साथै पढाइ पछि प्रदान हुने उपयुक्त कामको अवसरले नेपाली विद्यार्थीलाई कोरियातिर आकर्षित गर्छ। त्यस्तै ‘पार्ट-टाइम’ काम, ‘पिएस्डब्ल्युको’ सम्भावित अवसर र वर्किङ भिसामा परिवर्तन गर्न सकिने सुविधाले पनि कोरियालाई विद्यार्थीको रोजाइको लोकप्रिय गन्तव्य बनाएको हो।
दक्षिण कोरिया पठाउने थुप्रै कन्सल्टेन्सीहरूको भिडमा आफ्नो अलग पहिचान बनाउन सफल संस्था हो ब्लु वाटर एजुकेसनल कन्सल्टेन्सी। कोरिया पठाउने धेरै संस्थाहरूले समेत अग्रणी भनेर स्विकार्ने यो संस्था आफ्नो फरक अस्तित्व र सफलताको जग स्थापना गरेकै कारण दक्षिण कोरिया जाने विद्यार्थीहरू माझ लोकप्रिय छ। काठमाडौँ र आसपासका कोरिया जाने विद्यार्थीको योजनामा अभिन्न अङ्ग बनेर आउँछ यो कन्सल्टेन्सी। त्यसैले त, न ठुलो प्रचार प्रसार न कुनै तडक भडक यो संस्था आफ्नो गतिमा निरन्तर चलिरहेकै छ।
विगत लामो समय देखि निरन्तर कोरिया जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको ब्लु वाटरले उच्च भिसा सफलता र पारदर्शिता सहितको परामर्श व्यवसायीको पहिचान बनाएको छ। एउटा विद्यार्थी विदेश जाने सोच बनाएर पहिलो दिन आउँदा नै लाग्ने शुल्कका बारे सबै जानकारी दिने यो कन्सल्टेन्सीले कुनै पनि ‘हिडन चार्ज’ लिँदैन। त्यसबाहेक परामर्श र भाषा कक्षामा उत्कृष्टता प्रदान गर्नका लागि ब्लु वाटरको दक्ष टोली सधैँ तत्पर रहन्छ ।
कोरियन भाषाको तयारी पनि गराउँदै आएको ब्लु वाटरले भाषा शिक्षणका लागि दक्ष र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित प्रशिक्षकहरूको व्यवस्था गरेको छ। नियमित मक टेस्ट, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, नियमित परीक्षा र नेटिभ स्पिकर सँग हरेक महिना २ पटक अन्तरक्रिया आदि ब्लु वाटरको कोरियन भाषा कक्षाका विशेषताहरू हुन्। अध्ययनका लागि जाने विद्यार्थीका लागि मात्रै नभई इपिएस मार्फत कामका लागि कोरिया जानेहरूका लागि समेत ब्लु वाटरमा भाषा कक्षा सञ्चालित छ।
युके र न्युजिल्याण्ड
त्यसो त अन्य गन्तव्यहरू जस्तै युके र न्युजिल्याण्डलाई पनि ब्लु वाटरले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ। संस्थाका अनुसार यी दुई गन्तव्यहरू अन्तर्राष्ट्रिय विद्यार्थीले बढी रुचाएको गन्तव्यको रूपमा रहेको, शैक्षिक संस्थाहरूको गुणस्तर र त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने कोर्सका विभिन्नता, उपयुक्त वातावरण र शुल्क, विद्यार्थीले शिक्षा सँगै पाउने सिप र रोजगारीको सुनिश्चितता, राम्रो जीवन स्तर, आप्रवासनको लागी सम्भावित अवसर आदिले नेपाली विद्यार्थीलाई आकर्षित गरिरहँदा ब्लु वाटरले यिनीहरूलाई केन्द्रित गरेर काम गरिरहेको हो।
यी गन्तव्यहरूमा विश्वविद्यालयको छात्रवृत्ति देखि भर्ना सम्म हरेक चरणमा सहजीकरण गर्नका लागि ब्लु वाटरको टिम हर क्षण तयार भएर बसेको छ। त्यस्तै न्यून शुल्कमा आवेदन दिन, मध्यम, न्यून र उच्च वर्गीय तिनै खालका शैक्षिक संस्थाको विकल्प पाउन, योग्यता अनुसारको छात्रवृत्ति पाउन अनि छरितो र विश्वासिलो रूपमा विदेश अध्ययन पुरा गर्न पनि विद्यार्थीले ब्लु वाटर रोज्नुपर्ने हुन्छ।
ब्लु वाटर बाट नै किन विदेश अध्ययनका लागि आवेदन दिने भन्ने प्रश्नमा यसका सिनियर काउन्सिलर सुशान्त न्यौपानेको जवाफ रोचक छ। उनी सबैले आफ्नो कामलाई राम्रो भन्ने भएकाले आफू त्यसो नभन्ने बताउँछन्। ब्लु वाटर आउने जो कोही विद्यार्थीले पनि आफैँ फरक छुट्ट्याउन सक्ने भएकाले संस्थाको काम नै संस्थाको परिचय भएको उनको भनाइ छ। छोटो समयमै ब्लु वाटरले प्राप्त गरेको उल्लेखनीय भिसा सफलता, लागत शुल्कका विषयमा पारदर्शिता, सही र निःशुल्क परामर्श, योग्य आवेदकलाई छात्रवृत्तिको व्यवस्था आदि ब्लु वाटरका विद्यार्थीले पाउने सुविधा हुन्। त्यस्तै भिसा पछिको उत्तरदायित्व, ‘पि.एस्ड.ब्ल्यु.’ र वर्किङ भिसाको प्रक्रियामा सहयोग, वासस्थान खोज्न सहयोग, कागजात र अन्तर्वार्ता तयारीमा सहयोग आदि पाउनका लागि पनि विद्यार्थीले ब्लु वाटर रोज्नुपर्ने हुन्छ।
ब्लु वाटरका क्यानडा विभाग काउन्सिलर सन्देश शर्माका अनुसार संस्थाले पछिल्लो समय आइएल्टिएस, पिटिई लगायतका भाषा कक्षामा थप जोड दिएको छ। त्यसो त जापनिज र कोरियन भाषाको तयारी पनि गराउँदै आएको ब्लु वाटरले प्रत्येक भाषाका लागि अलग अलग दक्ष र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित प्रशिक्षकहरूको व्यवस्था गरेको छ। नियमित मक टेस्ट, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, जापानी र कोरियन भाषाका लागि नियमित परीक्षा र प्रत्येक भाषाका लागि नेटिभ स्पिकर सँग हरेक महिना २ पटक अन्तरक्रिया आदि ब्लु वाटरको भाषा कक्षाका अन्य विशेषताहरू हुन्।
आफूलाई गुणस्तरको पर्यायका रूपमा प्रस्तुत गर्दै छोटो समयमै आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न सफल ब्लु वाटर तपाईँका लागि उपयुक्त परामर्शदाता हुन सक्छ। तपाईँ पनि आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न चाहनुहुन्छ भने थुप्रै नेपाली विद्यार्थीहरूको सारथि बनिसकेको ब्लु वाटरलाई रोज्न सक्नुहुन्छ। त्यसका लागि तपाईँ तीनकुने शान्तिनगर गेट नजिकै रहेको ब्लु वाटरको कार्यालय जान सक्नुहुन्छ। वा संस्थाका वेबसाइट, सामाजिक सञ्जाल बाट पनि जोडिन सक्नुहुन्छ।