काठमाडौँ- बेलायतको ख्यातिप्राप्त शैक्षिक संस्था ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले सन् २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा बिजनेस स्टडीतर्फ लण्डनभरका कलेजहरूलाई उछिन्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ। शिक्षण गुणस्तर, विद्यार्थी सन्तुष्टि र समग्र शैक्षिक अनुभवका आधारमा गरिएको यो मूल्याङ्कनमा ब्लुम्स्बरीले दिएको प्रदर्शन निकै सराहनीय मानिएको छ।
सन् २००२ मा स्थापना भएको ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनको मुख्यालय सेन्ट्रल लण्डनको बेडफर्ड स्क्वायरमा अवस्थित छ। अत्याधुनिक पूर्वाधार, विद्यार्थीलाई आवश्यक पर्ने सबै खाले भौतिक सुविधा तथा आजको आवश्यकता अनुसार डिजाइन गरिएका पठनपाठन प्रविधिले गर्दा यो कलेज लगातार लण्डनका अग्रणी शिक्षण संस्थाहरू मध्ये पर्दै आएको छ।
नेपालमा यो कलेजको प्रतिनिधित्व गर्दै आएको एआर एजुकेसन कन्सल्टेन्सीकी उप-निर्देशक सन्जना पाण्डेका अनुसार यो उपलब्धि कुनै सामान्य कुरा होइन। मात्र एजुकेसन सँगको संवादमा उनी भन्छिन्, “हामीले सुरु देखिनै नेपाली विद्यार्थीहरूलाई ब्लुम्स्बरी इन्स्टिच्युट पठाउँदै आएका छौँ। अन्तर्राष्ट्रिय विद्यार्थीप्रति संस्थाको व्यवहार निकै सम्मानजनक छ, भिसा सफलता दर उच्च छ र कलेजले विद्यार्थीहरूलाई दिएको प्रतिक्रिया हाम्रो अनुभवमा सधैँ सकारात्मक रहँदै आएको छ।”

हाल ४० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययन गरिरहेका यस कलेजमा नेपाली विद्यार्थीहरूको पनि उल्लेख्य उपस्थिति रहेको पाण्डे बताउँछिन्। सेन्ट्रल लण्डनमा अवस्थित यस कलेजको पढाइ उत्कृष्ट रहेको, समस्या परेमा प्रशासनले तुरुन्तै सम्बोधन गर्ने गरेको, शुल्क संरचना धेरैजसो नेपाली विद्यार्थीका लागि सुलभ रहेको र समग्रमा कलेजको छवि र मान्यता उच्च रहेको पाण्डेले स्पष्ट पारिन्। उनका अनुसार यिनै सबै पक्षहरूले गर्दा ब्लुम्स्बरी इन्स्टिच्युट नेपाली विद्यार्थीहरूबिच निकै लोकप्रिय बन्दै गएको छ।
नेशनल स्टुडेन्ट सर्भेमा कलेजले बिजनेस स्टडी मात्र नभई अन्य शैक्षिक पक्षहरू, विद्यार्थीहरूको समग्र सिकाइ अनुभव, अवसरहरूको पहुँच र शैक्षिक हितका सूचकहरूमा समेत उच्च स्थान हासिल गरेको छ। कलेजले फेब्रुअरी, जुन र अक्टोबर गरी वर्षमा तीन वटा इन्टेकमा भर्ना खुलाउने गर्दछ, जसमा व्यवस्थापन, वित्त र कानुनसम्बन्धी विभिन्न स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध छन्।
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले गुणस्तरीय शिक्षा, विद्यार्थीमाथिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरणका आधारमा आफूलाई लण्डनकै प्रतिष्ठित शिक्षण संस्थाका रूपमा पुनः प्रमाणित गर्न सफल भएको छ।
