Matra Education आइतबार, साउन १० २०८३

रामशरण ढकालको नेतृत्वमा सर्वसम्मत चुनियो युसिएको सञ्चालक समिति

रामशरण ढकालको नेतृत्वमा सर्वसम्मत चुनियो युसिएको सञ्चालक समिति

  • मात्र एजुकेशन
  • मंगलबार, माघ २२ २०८१


काठमाडौँ- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि टु बि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) को नयाँ सञ्चालक समिति चयन भएको छ। गत पुस २९ गते सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभाले ढकालको नेतृत्वमा ७ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो।

यस अघि संस्थाको अन्तर्राष्ट्रिय विभाग प्रमुख रहेका ढकालले संस्थाको नेतृत्व सम्हाल्दा उमाकान्त न्यौपाने, ईश्वर घिमिरे, बालकृष्ण बिस्ट, सुवास विक्रम राई, त्रिलोचन अधिकारी र रामचन्द्र ओली सञ्चालक समिति सदस्य सर्वसम्मत रूपमा चयन भएका हुन्। निर्वाचित सदस्य तथा पदाधिकारीहरूलाई विपिन केसी नेतृत्वको निर्वाचन समितिले गत आइतबार प्रमाणपत्र वितरण गरेको थियो।

युसिएको सोही साधारण सभा बाट निवर्तमान अध्यक्ष विनोद कुमार सुवेदी सल्लाहकार समिति संयोजक बनेका छन्। उक्त समितिमा संजित कनौजिया र डा मनिष ओली सदस्य रहेका छन्। युसिएको सुरुवात देखि नेतृत्व गरेका सुवेदीले कुशलता पूर्वक नेतृत्व गर्दै संस्थालाई आजको स्थानमा पुर्‍याएका हुन्।

अध्यक्ष निर्वाचित भएपछि मात्र एजुकेसन सँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष ढकालले सदस्य व्यवसायीहरूलाई अधिकतम लाभ दिने र युसिएलाई नयाँ उचाइमा पुर्‍याउने आफ्नो प्राथमिकता रहेको बताए। संस्थालाई छिटो छरितो सेवा प्रदान गर्न सक्षम र प्रविधिमैत्री बनाउने योजना सुनाएका उनले अधिकतम अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूलाई युसिए सँग आबद्ध गराउनु पनि यो कार्यकालको प्राथमिकता हुने बताए। केही दिनमै वृहत कार्ययोजना सार्वजनिक गरेर त्यसमा सदस्यहरूका सुझाव लिएर अघि बढ्ने उनको प्रतिबद्धता थियो। संस्थालाई आजको ठाउँ सम्म ल्याउने निवर्तमान अध्यक्ष सुवेदी सहित सबै प्रति उनले आभार प्रकट गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड