Matra Education बिहिबार, भाद्र २५ २०८३

राइटपाथले आठौँ वार्षिकोत्सव मनाउँदै, विद्यार्थीलाई अफर नै अफरको बहार

राइटपाथले आठौँ वार्षिकोत्सव मनाउँदै, विद्यार्थीलाई अफर नै अफरको बहार

  • मात्र एजुकेशन
  • बिहिबार, पौस २५ २०८१


काठमाडौँ- राजधानीको पुतलीसडकमा प्रधान कार्यालय रहेको शैक्षिक परामर्श संस्था राइटपाथ करियर काउन्सिलिङले शुक्रवार आठौँ वार्षिकोत्सव मनाउने भएको छ। त्यसका लागि संस्थाको प्रधान कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ। आफ्नो सफलताको गौरवपूर्ण आठौँ वर्ष पुरा गर्दै नवौँ वर्ष प्रवेश गर्न लागेको राइटपाथले उक्त अवसरमा विद्यार्थीहरूलाई विभिन्न आकर्षक अफर समेत दिने घोषणा गरेको छ।

राइटपाथले वार्षिकोत्सवको अवसरमा २०२५ रुपैयाँमै आइएलटिएस कक्षा लिन सकिने व्यवस्था गरेको छ। त्यस्तै आइएलटिएस परीक्षा बुकिङ राइटपाथ बाट गर्दा रु ४५०० छुट दिने घोषणा संस्थाले गरेको छ। वार्षिक उत्सव अफरकै रूपमा विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि लाग्ने प्रक्रिया शुल्क पुरै निःशुल्क गरिएको छ भने अन्य थुप्रै आकर्षक अफरहरू राखिएको छ। अफर आगामी फेब्रुअरी १ तारिख सम्म मान्य रहनेछ। वार्षिकोत्सवको अवसरमा शुक्रवार नै राइटपाथको आइपिएल र एनपिएल ‘प्रेडिक्ट एन्ड विन’ प्रतियोगिताका विजेताहरूलाई स्मार्टफोन द्वारा पुरस्कृत गरिने छ।

आठौँ वार्षिकोत्सव सम्मको यात्रा बारे मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले आफूहरूले लक्ष्य अनुसारको काम गरिरहेको र आगामी यात्रा बारे अझै उत्साहित रहेको बताए। विद्यार्थीहरूको हित र स्तरीय परामर्श सधैँ राइटपाथको पहिलो प्राथमिकता रहेको भन्दै उनले अगाडी भने, ‘गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारासहित स्थापित संस्थाले आजसम्म आफ्नो उद्देश्य अनुसारकै काम गरेको छ। आजसम्म धेरै नेपाली विद्यार्थीलाई उनीहरूको रोजाइको गन्तव्य पुर्‍याइरहँदा अभिभावक र विद्यार्थीले हामीलाई देखाउनुभएको विश्वास र माया प्रति म आभारी छु। त्यही विश्वासलाई कायम राख्दै विद्यार्थीको सुविधाका लागि हामीले वार्षिकोत्सव विशेष अफर ल्याएका हौँ। मा सम्बद्ध सबैलाई त्यसको लाभ लिन अनुरोध गर्दछु।’ सकेसम्म उत्कृष्ट र विश्वसनीय सेवा दिने राइटपाथको लक्ष्य रहेको डिसीले बताए।

सफलताको आठौँ वर्ष पार गर्दै गर्दा उच्च भिसा सफलता र विश्वसनीयता सहितको पहिचान राइटपाथले बनाएको छ। संस्थाको बेलायत र भारतमा अन्तर्राष्ट्रिय कार्यालय रहेको छ भने नेपालमा पुतलीसडक सहित वानेश्वर, ललितपुर, चितवन, दाङ, हेटौडा, बुटवल र धनकुटामा शाखा कार्यालय सञ्चालित छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड