Matra Education आइतबार, साउन १० २०८३

युनि कन्सलट्यान्स अलायन्सको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

युनि कन्सलट्यान्स अलायन्सको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, कार्तिक २९ २०८२


काठमाडौँ- परामर्श व्यवसायमा केन्द्रित नेपालकै पहिलो ‘बि टु बि प्लेटफर्म’ युनि कन्सलट्यान्स अलायन्स (युसिए) को पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले शुक्रवार बुढानीलकण्ठ स्थित पार्क भिजेज रिसोर्टमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो। संस्थाले महत्त्वपूर्ण निर्णयहरू गर्दै कार्यक्रम सम्पन्न गरेको हो।

युसिएका अध्यक्ष रामशरण ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष विनोद कुमार सुवेदी सहित सञ्चालक समिति तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सञ्चालक समिति सदस्यहरूले संस्थाले खेलिरहेको भूमिकालाई अझै प्रभावकारी बनाई नेपालका शैक्षिक परामर्श व्यवसायीहरूले अधिकतम लाभ लिन सक्ने बनाउनुपर्ने र संस्थाको उद्देश्य अनुरूप विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल ल्याउनुपर्नेमा समेत जोड दिए।

युसिएका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख इश्वर घिमिरेले उपस्थित अतिथिलाई स्वागत गर्दै संस्था सबैको निरन्तरको साथ सहयोगले आजको स्थानमा आइपुगेको धारणा राखे। घिमिरेले छोटो समयमै संस्थाले अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त २५० भन्दा बढी शैक्षिक संस्था सँग आबद्धता लिइसकेको र साना व्यवसायीहरूको पहुँच त्यस्ता शैक्षिक संस्थाहरू सम्म पुर्‍याउन सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा पनि सबै मिलेर संस्थालाई नयाँ उचाइमा पुर्‍याउन लाग्नुपर्ने बताए।

कार्यक्रमका सभापति तथा युसिएका अध्यक्ष ढकालले पाँचौँ वार्षिक साधारणसभा सम्म आइपुग्दा संस्थाले सफलताको गोरेटो कोर्न थालिसकेको भन्दै सकारात्मक भूमिकाका लागि सम्बद्ध सबैलाई धन्यवाद दिए। उनले सबै सदस्य परामर्श व्यवसायीले विश्वास गरेर सहकार्यको हात फैलाए मात्रै संस्थाको हित हुनसक्ने भन्दै सबैलाई त्यसका निम्ति अपिल गरे। युसिएले ल्याएको अभियानकै कारण नेपालको शिक्षा क्षेत्रमा रूपान्तरण आउन सक्ने उनको भनाइ थियो।

साधारण सभाले आगामी योजनाहरू सहितको अध्यक्षको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड