काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले साङ्गीतिक साँझ सम्पन्न गरेको छ। बुधवार दरबारमार्ग स्थित कासा बैंकेटमा संस्थाले नेपालीहरूका महान् चाडपर्वहरूको शुभकामना आदानप्रदान सहितको सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा फेकन सदस्य परामर्श व्यवसायीहरू र विभिन्न क्षेत्रका आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।
शुभकामना आदानप्रदान कार्यक्रमलाई नौलो शैलीमा प्रस्तुत गर्दै संस्थाले संस्कृतिको जगेर्ना र मनोरञ्जन एकैसाथ गर्ने उद्देश्यले साङ्गीतिक साँझ आयोजना गरेको फेकन महासचिव छविन्द्र ओझाले कार्यक्रममा जानकारी दिए। कम औपचारिकता दिइएको कार्यक्रममा संस्थाका अध्यक्ष राजु निरौलाले उपस्थित अतिथिहरूलाई सम्मान गर्दै छोटो शुभकामना मन्तव्य मार्फत सम्बोधन गरेका थिए। उनले सबै नेपालीका घर आँगनका खुसीको नयाँ बहार आओस् भन्ने कामना गरे।
दसैँ, तिहार, छठ र नेपाल सम्बतको अवसरमा आपसी सम्बन्ध सुदृढ गर्दै सांस्कृतिक मेलमिलाप गर्ने उद्देश्यले आयोजना गरिएको साँझ भरि प्रत्यक्ष सङ्गीत, नृत्य र परम्परागत देउसी-भैलो खेलाइएको थियो। सहभागीहरूको मनोरञ्जनका साथ चाडपर्वको खुसी साटासाट गरेका थिए।
थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।