Matra Education सोमबार, साउन ११ २०८३

फेकनले शुक्रवार जापान विशेष एजेन्ट मिट तथा अन्तरक्रिया कार्यक्रम गर्ने

फेकनले शुक्रवार जापान विशेष एजेन्ट मिट तथा अन्तरक्रिया कार्यक्रम गर्ने

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र ७ २०८०


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले जापान विशेष एजेन्ट मिट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। संस्थाले भोलि (शुक्रवार) हात्तीसार स्थित नेपाल हाउस रेस्टुरेन्टमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

जापनिज स्कुलका प्रतिनिधिको विशेष प्रस्तुति रहने कार्यक्रममा पछिल्लो समय जापान पठाउने परामर्श व्यवसायीले भोग्नुपरेका विभिन्न समस्याहरू बारे छलफल गरेर समाधानका उपायहरू बारे समेत जानकारी गराउने उद्देश्य राखिएको फेकनका जापान विभाग प्रमुख गौतम पुडासैनीले मात्र एजुकेसनलाई बताए। जापान काम गर्न चाहेका तर त्यहाँका शैक्षिक संस्थाहरू सँग पहुँच नभएका फेकन सदस्य परामर्श व्यवसायीलाई अन्तरक्रिया मार्फत त्यो पहुँच पुर्‍याउने, जापानको डकुमेन्टेसन प्रक्रियामा एकरूपता ल्याउने आदि पनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाई थियो। समग्रमा कार्यक्रम मार्फत जापान काम गर्ने फेकन परामर्श व्यवसायीहरूको अधिकतम हित कसरी गर्ने ? विद्यार्थीहरूलाई गुणस्तरीय सेवा कसरी प्रदान गर्ने ? र अध्ययन गन्तव्यका रूपमा जापान छानेका विद्यार्थीहरूले भोग्नुपरेका समस्या कसरी समाधान गर्ने भन्नेमा कार्यक्रम केन्द्रित रहने उनले बताए।

शुक्रवार दिउसो ४ बजे पश्चात् कार्यक्रम सञ्चालन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड