काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ( फेकन) ले भोलि असार १८ गते हुने ११औँ वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
भोलि अर्थात् असार १८ गते शनिवार बिहान ८:०० बजे होटल याक एण्ड यति दरबारमार्गमा साधारण सभा सुरु हुनेछ। संस्थाको यही मिति २०७९/०३/०३ गते बसेको कार्यसमितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको थियो।
मात्र एजुकेसन सँग कुरा गर्दै फेकनका प्रवक्ता इन्द्रजित गौतमले खुला सत्र र बन्द सत्र गरी दुई चरणमा कार्यक्रम सम्पन्न हुने बताए। फेकनको एघारौँ साधारण सभा बाट परामर्श व्यवसायीहरूको हक हितका लागि काम गर्दै आएको संस्थाले आफ्नो भूमिका अझै प्रभावकारी बनाउँदै परामर्श क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सफल हुने विश्वास आफूले लिएको उनको भनाइ थियो।
कार्यक्रमलाई भव्य उपस्थिति सहित सफल बनाउन फेकनले सम्बन्धित सबैलाई आग्रह पनि गरेको छ।