Matra Education आइतबार, साउन १० २०८३

फेकनको वनभोज कार्यक्रममा उत्साहजनक सहभागिता

फेकनको वनभोज कार्यक्रममा उत्साहजनक सहभागिता

  • मात्र एजुकेशन
  • आइतबार, बैशाख ६ २०८३


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आयोजना गरेको वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शनिवार टोखा स्थित शिवपुरी रिसोर्टमा आयोजित कार्यक्रम ३०० भन्दा बढी फेकन सदस्य परामर्श व्यवसायी तथा अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको हो।

शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सेमान्त कोइराला सहित विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा वनभोजमा सहभागी भएका थिए। चर्चित गायकको प्रस्तुति तथा हाँडी फुटाई, बिङ्गो लगायतका विभिन्न खेलहरूले वनभोजको वातावरण मनोरञ्जनात्मक बनेको थियो।

वनभोज कार्यक्रमले आपसी भाइचारालाई अझै मजबुत बनाउनका लागि भूमिका खेलेको जानकारी फेकनले दिएको छ । संस्थाका अनुसार परामर्श व्यवसायीहरूको हक हितका लागि खुलेको छाता सङ्गठन भएका कारण संस्थाले वर्ष भर विविध गतिविधि गर्ने गरेको छ र वनभोज कार्यक्रम त्यसैको निरन्तरता हो। यस किसिमको कार्यक्रममा आफ्नो व्यस्त दैनिकी बाट समय निकालेर सुखदुख साटासाट गर्ने र मनोरञ्जन लिने अवसर सदस्य व्यवसायीहरूले प्राप्त गर्ने संस्थाको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड