Matra Education बुधबार, भाद्र २४ २०८३

फेकनको दुई वटा प्रदेश समितिको वार्षिक साधारण सभा भोलि

फेकनको दुई वटा प्रदेश समितिको वार्षिक साधारण सभा भोलि

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १८ २०८२


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को दुई वटा प्रदेश समितिले भोलि वार्षिक साधारण सभा गर्ने भएका छन्। संघको लुम्बिनी प्रदेश समिति र गण्डकी प्रदेश समितिले शनिवार साधारण सभा गर्न लागेका हुन्।

दिउँसो १ बजे नेपालगन्ज स्थित सिद्धार्थ भ्यु होटेलमा सम्पन्न हुने फेकन लुम्बिनीको वार्षिक साधारण सभाले सांगठानिक र आर्थिक प्रतिवेदन पेस गर्दै भविष्यका योजनाहरू समेत निर्माण गर्नेछ। यो कार्यक्रममा फेकनका केन्द्रीय महासचिव दिपेन्द्र पोखरेल नेतृत्वको टोली केन्द्र बाट कार्यक्रम स्थल पुग्नेछ।

त्यस्तै बिहान ८ बजे पछि पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा सुरु हुने फेकन गण्डकीको वार्षिक साधारणले सांगठानिक र आर्थिक प्रतिवेदन पेस गर्दै परामर्श व्यवसाय क्षेत्रको बारेमा महत्त्वपूर्ण छलफलहरू गर्नेछ। यो कार्यक्रममा फेकनका केन्द्रीय अध्यक्ष उमेश कुश्वार नेतृत्वको टोली केन्द्र बाट कार्यक्रम स्थल पुग्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड