काठमाडौँ- यतिबेला माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) दिएका विद्यार्थीहरू आफ्नो नतिजाको पर्खाइमा छन्। उत्तरपुस्तिका परीक्षणलाई अन्तिम चरणमा पुर्याएको राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले अबको केही दिनमै नतिजा प्रकाशित हुने बताइरहँदा यी विद्यार्थीहरू पनि आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन्। खासगरी एस.इ.इ पछिको पढाइले व्यक्तिको आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा यो छनोट महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा के पढ्ने, कस्तो संस्थामा पढ्ने, कुन विषय पढ्दा के हुन्छ लगायतका जिज्ञासा विद्यार्थीहरूमा रहेको हुन्छ। त्यसमा पनि आफ्नो शैक्षिक भविष्यको मार्गचित्र कोर्न कुन संस्था उपयुक्त होला भन्ने कौतुहलता अधिकांश विद्यार्थीमा रहेको हुन्छ। त्यही प्रश्नको उत्तर खोज्ने क्रममा मात्र एजुकेसनले एउटा उत्कृष्ट प्लस टु कलेजको बारेमा यो सामग्री तयार पारेको छ।
त्यसो त यतिबेला अधिकांश प्लस टु कलेजहरूले विद्यार्थीको ध्यान तान्न विभिन्न गतिविधिहरू गरिरहेका छन् भने आफ्नो संस्था नै उत्कृष्ट भन्ने दाबी गरिरहेका छन्। यस्तो अवस्थामा के आधारमा उपयुक्त मान्ने भन्ने मत फरक हुन सक्छ। तर हामीले यो सामग्री भने केही दिन अघि एउटा स्वतन्त्र सर्वेक्षणले सूचीकरण गरेको उत्कृष्ट कलेजहरूको सूचिमा पर्न सफल कलेज भएकाले त्यही आधार र हाम्रो आफ्नो अध्ययनले देखाएको थप केही सूचकहरूका आधारमा यो कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा छनोट गरेका हौँ।
केही दिन अघि एउटा मिडियाले उत्कृष्ट +२ कलेजहरूको सर्वेक्षण गरी त्यसको नतिजा सार्वजनिक गरेको थियो। त्यो सूचिको १० औँ नम्बरमा पर्न सफल कलेज हो चाबहिल पिपलबोटमा रहेको सेन्ट लरेन्स कलेज। सर्वेक्षणले राखेको विभिन्न सूचकहरूमध्ये सबै सूचकमा उत्कृष्ट अंक हासिल गर्दै यो कलेजले आफ्नो स्थान सुरक्षित गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हासिल गरेको उपलब्धि, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डका आधारमा नतिजा निकालिएको उक्त सर्वेक्षणले जनाएको छ।
कलेजलाई यसरी चिन्नुहोस्
सन् १९९७ मा स्थापित सेन्ट लरेन्स कलेजले आफ्नो स्थापनाको २५ औँ वर्ष पार गर्दै गर्दा गुणस्तरको पर्यायका रूपमा आफूलाई स्थापित गरेको छ। ‘ योर सक्सेस आवर कमिटमेन्ट’ अर्थात् तपाईँको सफलता: हाम्रो प्रतिबद्धता भन्ने नारासहित अघि बढेको यो कलेजले विद्यार्थीले पाउने सिपमूलक र व्यवहारिक ज्ञान अनि त्यसबाट पाउने सफलतालाई नै एकमात्र लक्ष्य बनाएको छ। उच्च माध्यमिक तहदेखि स्नातकोत्तर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्ययन हुँदै आएको छ ।

अनुशासित र उत्कृष्ट शैक्षिक वातावरण, शैक्षिक सँगै अतिरिक्त पाठ्यक्रममा पनि जोड, हरेक परीक्षामा उत्कृष्ट नतिजा, विश्वस्तरीय भौतिक पूर्वाधार, यातायात सहित पुस्तकालय, ल्याब, होस्टल, सफा र स्वच्छ क्यान्टिनको सुविधा, उपयुक्त शुल्क र छात्रवृत्तिको व्यवस्था आदि सेन्ट लरेन्सका विशेषताहरू हुन्। त्यस्तै आफ्ना विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नु सेन्ट लरेन्सको अर्को प्रमुख विशेषता हो।
विभिन्न समयमा प्राप्त सम्मान तथा पुरस्कार, स्वतन्त्र सर्वेक्षणहरूले देखाएको नतिजा, राष्ट्रिय स्तरका परीक्षाहरूमा कलेजले प्राप्त गरेको उल्लेखनीय सफलता, कलेज बाट आफ्नो अध्ययन पुरा गरेका विद्यार्थीहरूको सन्तुष्टि र प्रतिस्पर्धात्मक बजारमा उनीहरूले प्राप्त गरेको सफलता आदिले कलेजलाई अझै विश्वसनीय बनाएको छ। त्यसैले त एस.इ.इ को नतिजा आउनु अघि नै आफ्नो सिट सुरक्षित गर्न ११ कक्षाका लागि ‘प्रि-रजिस्ट्रेसन’ गर्ने विद्यार्थीहरूको भिड हिजोआज सेन्ट लरेन्समा देखिन्छ।
तपाईँ कलेजको बारेमा थप जानकारी चाहनुहुन्छ भने यहाँ क्लिक गरेर कलेजको फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।