राजधानीको पद्मोदय मोड, पुतलीसडकमा रहेको प्रोफेसनल भिसा एण्ड एजुकेसन सर्भिसेस् नेपालले १५ औँ वार्षिक उत्सव मनाएको छ। विगत वर्षहरूमा रक्तदान लगायतका सामाजिक कार्यहरू गरेर वार्षिक उत्सव मनाउने गरेको भए पनि कोरोनाको जोखिमका कारण यो पटक केक काटेर सामान्य तरिकाले मनाइएको सञ्चालक बासु नेपालले बताए। वार्षिक उत्सवको अवसरमा नेपालले संस्थालाई यहाँ सम्म ल्याउन भूमिका खेल्ने टिम, सहकार्य गर्ने संस्थाहरू, विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैलाई धन्यवाद दिँदै यो सफलताको यात्रा गर्व र भरोसा सहित आगामी दिनहरूमा समेत कायम रहने विश्वास व्यक्त गरे।
प्रोफेसनलले विगत १५ वर्षदेखि अस्ट्रेलिया, क्यानडा, जापान, युरोप, अमेरिका लगायतका विभिन्न देश जाने नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको छ।
प्रोफेसनल भिसा एण्ड एजुकेसन सर्भिसेस् नेपालको १५ औँ वार्षिक उत्सवको फोटो फिचर हेर्नुहोस्:





