काठमाडौँ- पुतलीसडकमा रहेको प्राञ्जल एजुकेसन कन्सल्टेन्सीले ‘इन्टरनेसनल एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ। आगामी अक्टोबर १ तारिखका दिन प्राञ्जल परिसरमा फेयर आयोजना गर्न लागिएको जानकारी आयोजकले दिएको छ।
विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूले रुचाएका सबै गन्तव्य बारे एउटै छानामुनि गुणस्तरीय परामर्श र जानकारी दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको प्राञ्जलका सञ्चालक वासुदेव दाहालले जानकारी दिए। उनका अनुसार उक्त दिन अस्ट्रेलिया, क्यानडा, अमेरिका र युके सहित अन्य अध्ययन गन्तव्यहरू बारे विद्यार्थीलाई जानकारी गराइनेछ। सहभागी विद्यार्थीहरूले ‘अन स्पट अफर लेटर’, आकर्षक छात्रवृत्ति लगायतको सुविधाहरू फेयरमा प्राप्त गर्नेछन्।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेयर सञ्चालन हुनेछ। फेयर बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।