Matra Education सोमबार, साउन ११ २०८३

पहिलो ‘नेक्सा पिकनिक’ भव्य रूपमा सम्पन्न

पहिलो ‘नेक्सा पिकनिक’ भव्य रूपमा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, पौस २७ २०८२


काठमाडौँ — नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को पहिलो ‘नेक्सा पिकनिक’ भव्य रूपमा सम्पन्न भएको छ। हिजो शनिवार बुढानीलकण्ठस्थित ग्रिन भ्याली रिसोर्टमा आयोजित उक्त कार्यक्रममा संघका सदस्य परामर्श व्यवसायीहरू र आमन्त्रित अतिथिहरू गरी ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा आपसी घुलमिल, मनोरञ्जन तथा अन्य विभिन्न रमाइला गतिविधिहरू मार्फत सहभागीहरू बिच आत्मीयता थप सुदृढ भएको देखियो। दैनिक व्यस्तता र पेसागत दायित्वबाट केही समय अलग भई आयोजना गरिएको यस पिकनिकले सदस्यहरूलाई नयाँ ऊर्जा र उत्साहका साथ अगाडि बढ्न प्रेरित गरेको आयोजकले जनाएको छ।

नेक्साले यस्ता कार्यक्रमले संस्थागत एकता बलियो बनाउने र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा सहभागी भई यस दिनलाई स्मरणीय बनाउने सबै सदस्य तथा अतिथि प्रति संघले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड