काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को लुम्बिनी प्रदेशको पहिलो अधिवेशन सम्पन्न भएको छ। शनिबार सुर्खेत रोड नेपालगन्ज स्थित स्नेहा होटेलमा आयोजित पहिलो अधिवेशन आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो।
फेकन लुम्बिनीका अध्यक्ष कुलदिप शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष राजु निरौला प्रमुख अतिथिका रूपमा रहेका थिए। अधिवेशनलाई शुभकामना दिन फेकन केन्द्रीय कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू नेपालगन्ज पुगेका थिए। त्यस्तै लुम्बिनी प्रदेशमा क्रियाशील फेकन सदस्य परामर्श व्यवसायीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
मात्र एजुकेसनलाई प्राप्त विवरण अनुसार फेकन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले दिपेन्द्र कुवरको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको निर्माण गरेको छ। त्यस्तै ओम प्रकाश रिजालले उपाध्यक्षको जिम्मेवारी पाउँदा छवि गिरी सचिव र सुमन शर्मा कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै सदस्यहरूमा अभिषेक क्षेत्री, रोनिश गौतम, विनोद बास्तोला र मान सिंह ओली कार्यसमितिमा पर्न सफल भएका छन्।
अधिवेशनमा बोल्ने वक्ताहरूले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्याहरू तथा समाधानका लागि फेकन जस्ता छाता संगठनले खेल्नुपर्ने भूमिकाको चर्चा गरेका थिए।
