Matra Education बिहिबार, भाद्र २५ २०८३

दर्ता नभएका कन्सल्टेन्सीहरू गृहको निगरानीमा, कडा कारबाही गर्ने चेतावनी

दर्ता नभएका कन्सल्टेन्सीहरू गृहको निगरानीमा, कडा कारबाही गर्ने चेतावनी

  • मात्र एजुकेशन
  • सोमबार, माघ २४ २०७८


काठमाडौँ- गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृत रूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्थाहरूलाई कारबाही गर्ने जनाएको छ।

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृत रूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्थाहरू, अनधिकृत रूपमा इजाजत नलिई अनलाइन रूपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरू, अवैध रूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरूको प्रतिनिधिको रूपमा कार्य गर्ने व्यक्तिहरू उपर सरकारले निगरानी गरिरहेको र त्यसरी गैरकानुनी रूपमा काम गरेको संस्थाहरूरव्यक्ति उपर कडा कारबाहीको कदम चालिने चेतावनी दिएको हो। साथै यस्ता व्यक्ति संस्थाका बारेमा उजुरी दिन पनि मन्त्रालयले आग्रह गरेको छ।

विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि विद्यार्थीहरू विदेश जाने प्रवृत्ति बढिरहेको र यसरी विदेश जाँदा सम्बन्धित देश, शैक्षिक संस्थाहरूले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशहरूमा गई अलपत्र पर्ने तथा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने जस्ता घटनाहरू बारम्बार भइरहेको भन्दै मन्त्रालयले यस्तो सूचना निकालेको हो।

त्यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाहरूले निर्धारण गरेको प्रक्रिया पुरा गरेर मात्र अध्ययनका लागि जान पनि सूचित गरेको छ।

स्मरण रहोस् केही दिन अघि मात्रै बेलायतको अध्यागमन विभागले भाषा सम्बन्धी समस्या भएको भन्दै नेपाली विद्यार्थी फर्काइदिएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड