Matra Education आइतबार, साउन १० २०८३

दक्षिण कोरियाको एनओसीमा नीतिगत अस्पष्टताबारे शिक्षामन्त्री पुनलाई नेक्साको ज्ञापनपत्र

दक्षिण कोरियाको एनओसीमा नीतिगत अस्पष्टताबारे शिक्षामन्त्री पुनलाई नेक्साको ज्ञापनपत्र

  • मात्र एजुकेशन
  • शनिबार, कार्तिक १ २०८२


काठमाडौँ — नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले दक्षिण कोरियाको अध्ययन अनुमति पत्र (एनओसी) सम्बन्धी नीतिगत अस्पष्टता, ढिलासुस्ती र अनिश्चितता समाधान गर्न शिक्षामन्त्री डा. महाबिर पुनलाई ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष सन्तोष खनाल नेतृत्वको प्रतिनिधि मण्डलले शुक्रवार मन्त्री पुनलाई बुझाएको उक्त ज्ञापन पत्रमा दक्षिण कोरियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूले भोगिरहेको समस्याबारे गम्भीर ध्यानाकर्षण गराइएको छ।

ज्ञापन पत्रमा दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि गुणस्तरीय र सर्वसुलभ अध्ययन गन्तव्य बनेको उल्लेख गर्दै सरकारले पछिल्ला समय एनओसी वितरणमा बारम्बार रोक, ढिलाइ र अस्पष्ट नीति अपनाउँदा विद्यार्थी, अभिभावक र परामर्श व्यवसायीहरू दुवै मारमा परेको बताइएको छ।

संघले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मात्र विद्यार्थीहरूले एनओसी प्राप्त गर्न सकेको उदाहरण दिँदै हाल पुनः २०२६ सत्रका स्नातक तहका विद्यार्थीहरूको एनओसी रोक लगाइनु विद्यार्थी अधिकार माथिको अन्याय भएको जनाएको छ।

त्यस्तै, एनओसी पोर्टलमा विश्वविद्यालयहरू समयमै अद्यावधिक नहुनु, अद्यावधिकका क्रममा अत्यधिक शुल्क मागिनु र कागजात पूरा भए पनि आवेदनहरू अनावश्यक रूपमा अस्वीकार वा ढिलाइ हुनुजस्ता गुनासोहरू उठाइएका छन्।

ज्ञापन पत्रमा विद्यार्थी र परामर्श व्यवसायीलाई राहत पुर्‍याउन ८ बुँदामा माग प्रस्तुत गरिएको छ। तीमध्ये सबै तहका विद्यार्थीका लागि दीर्घकालीन नीति निर्माण, छात्रवृत्ति प्राप्त विद्यार्थीलाई तुरुन्त एनओसी वितरण, २०२६ सत्रका विद्यार्थीको रोक हटाउने, आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन र पारदर्शी बनाउने र नीति निर्माणमा नेक्सा तथा दूतावास प्रतिनिधिलाई समावेश गर्ने माग प्रमुख छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड