Matra Education आइतबार, साउन १० २०८३

त्रिविद्वारा नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

त्रिविद्वारा नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र १६ २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तिन वर्षे स्नातक तह प्रथम वर्ष २०७७ सालको नतिजा प्रकाशित गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै कार्यालयले २०७८ साल श्रावण महिनामा सञ्चालित व्यवस्थापन संकाय तर्फको ३ वर्षे बिबिएस प्रथम वर्षको वार्षिक परीक्षा प्रणाली अनुरूप सञ्चालित परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको जनाएको छ।

उक्त परीक्षाको परीक्षाफल त्रिविको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा हेर्न सकिनेछ भने बिबिएस टाइप गरी एक स्पेस दिएर रोल नम्बर टाइप गरी ३३६२४ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड