काठमाडौँ- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट (एम्.बि.एस. ) कार्यक्रमको तेस्रो सत्रको नतिजा प्रकाशित गरेको छ।
व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण १२ देखि मिति २०७८ श्रावण २१ सम्म सञ्चालन भएको नियमित परीक्षा ( २०२१ का परीक्षार्थीहरूको परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार निम्नानुसार प्रकाशित गरिएको हो।
त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा चित्त नबुझेमा नतिजा प्रकाशित भएको मितिले १५ दिन भित्रमा पुनर्योगका लागि निवेदन दिन भनेको छ । तपाईँ तल आफ्नो नतिजा हेर्न सक्नुहुन्छ।

