Matra Education आइतबार, साउन १० २०८३

ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीको ‘इनोभेसन डे २.०’ भव्य रूपमा सम्पन्न

ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीको ‘इनोभेसन डे २.०’ भव्य रूपमा सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ १४ २०८३


काठमाडौँ- ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीले आफ्नो बहु प्रतीक्षित ‘इनोभेसन डे २.०’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षा तथा मनोरञ्जन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षा, भाषा तयारी, करियर योजना तथा सही अध्ययन गन्तव्य छनोटसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेलले नेपाली विद्यार्थीहरूलाई सुरक्षित, विश्वसनीय तथा गुणस्तरीय अन्तर्राष्ट्रिय शैक्षिक अवसरतर्फ मार्गदर्शन गर्न शैक्षिक परामर्श संस्थाहरूबिच सहकार्य अपरिहार्य रहेको बताए। विशेष अतिथि इक्यान उपाध्यक्ष वासुदेव दाहालले शैक्षिक परामर्श संस्थाहरूले उच्च नैतिकता, पारदर्शिता तथा विद्यार्थीको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा चर्चित अभिनेत्री श्वेता खड्काले विद्यार्थीहरूलाई प्रेरित गर्दै दृढ इच्छाशक्ति, आत्मविश्वास तथा परिस्थितिअनुसार आफूलाई ढाल्ने क्षमता नै विदेशमा सफल हुने मुख्य आधार भएको बताइन्।

वरिष्ठ पत्रकार भुवन केसीले युवापुस्तालाई सही, तथ्यपरक तथा पारदर्शी सूचना प्रदान गर्न सञ्चारमाध्यम र शैक्षिक प्लेटफर्म बिच सहकार्य अत्यन्त आवश्यक रहेको बताए।

कार्यक्रममा अन्य वक्ताहरूले समेत आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूका लागि तयार गरिएको अन्तरक्रियात्मक शैक्षिक मेला रहेको थियो, जहाँ सहभागी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै भाषा परीक्षा, अध्ययन गन्तव्य, भिसा प्रक्रिया तथा करियर अवसरसम्बन्धी आफ्ना जिज्ञासा समाधान गर्ने अवसर पाए। स्थलमै गरिएको शैक्षिक मूल्याङ्कन, जानकारीमूलक सत्र तथा व्यक्तिगत परामर्शले विद्यार्थीहरूको अन्योललाई स्पष्ट अध्ययन योजनामा रूपान्तरण गरेको सहभागीहरूले बताएका छन्।

ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीले कार्यक्रममार्फत व्यक्तिगत तथा गुणस्तरीय परामर्श सेवा प्रदान गरेको थियो। अनुभवी परामर्शदाताहरूले प्रत्येक विद्यार्थीको शैक्षिक पृष्ठभूमि, रुचि तथा भविष्यको लक्ष्य विश्लेषण गर्दै उपयुक्त अध्ययन गन्तव्य र करियर मार्ग सुझाएका थिए। संस्थाले प्रस्तुत गरेको आत्मविश्वासपूर्ण सन्देशले विदेश अध्ययनका विषयमा अन्योलमा रहेका विद्यार्थीहरूलाई स्पष्ट दिशा, आत्मविश्वास तथा मानसिक सहजता प्रदान गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको समापन गर्दै ड्रिम अनका प्रबन्ध निर्देशक भीम बहादुर थापाले सम्पूर्ण अतिथि, प्रतिनिधि तथा विद्यार्थीहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड