Matra Education आइतबार, साउन १० २०८३

जापान जान चाहने नेपाली विद्यार्थीलाई ब्लुवाटर एजुकेसनल कन्सल्टेन्सीको विशेष अफर

जापान जान चाहने नेपाली विद्यार्थीलाई ब्लुवाटर एजुकेसनल कन्सल्टेन्सीको विशेष अफर

  • मात्र एजुकेशन
  • बुधबार, जेष्ठ १४ २०८२


काठमाडौँ– शान्तिनगर गेट, नयाँ बानेश्वर स्थित ब्लुवाटर एजुकेसनल कन्सल्टेन्सीले जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। संस्थाले जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निःशुल्क भाषा कक्षा, परामर्श र सम्पूर्ण प्रक्रियागत सहयोग गर्ने घोषणा गरेको हो।

ब्लुवाटरले हालै प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरूका साथै स्नातक वा अन्य तहमा जापान जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी यस्तो अफर सार्वजनिक गरेको हो। जापान अध्ययनका लागि बढ्दो आकर्षणलाई ध्यानमा राख्दै संस्थाले विद्यार्थीलाई आवश्यक सम्पूर्ण सेवा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम ल्याएको हो।

संस्थाले विद्यार्थीलाई जापान पुग्दासम्म मात्र नभई पुगेपछि समेत आवश्यक साथ र सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ। विगत ९ वर्षदेखि जापानमा स्थायी रूपमा बसोबास गर्दै आएका ब्लुवाटरका जापान विभाग प्रमुख गोकर्ण बेल्बासेले त्यहाँ पुगेका विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने गरेका छन्। कलेज भर्ना, आवास व्यवस्था, कामको अवसर र जापानको कानुनी-सामाजिक प्रक्रिया सम्बन्धमा व्यापक अनुभव भएका उनले विद्यार्थीहरूलाई अध्ययन मात्र नभई जापानको जीवनशैलीमा पनि अभ्यस्त गराउने उद्देश्यले मार्गदर्शन गर्दै आएका छन्।

नेपालमै रहेका विद्यार्थीहरूलाई समन्वय गर्न ब्लुवाटरका जापान विभाग प्रमुख हेमन्त पोखरेलले नेतृत्व लिएका छन्। पोखरेल यस क्षेत्रमा वर्षौँको अनुभव भएका सल्लाहकार हुन्। उनले सयौँ विद्यार्थीहरूको भिसा प्रक्रिया, कलेज छनोट, एसओपी लेखन, अन्तर्वार्ता तयारी र आवश्यक कागजात व्यवस्थापनमा प्रत्यक्ष भूमिका खेलेका छन्। विद्यार्थीहरूको योजना, क्षमता र भविष्यको लक्ष्य अनुसार रणनीति तय गर्नुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘विदेश जानु सस्तो निर्णय होइन। त्यसैले हरेक विद्यार्थीको योजना, क्षमताअनुसार रणनीति बनाउन जरुरी हुन्छ।’ उनको अनुभव अनुसार तयारीको चरणमै स्पष्ट योजना बनाउनु भनेको सफलताको पहिलो पाइला हो।

भाषाको आधार बलियो बनाउने उद्देश्यले ब्लुवाटरले अनुभवी प्रशिक्षकबाट जापानी भाषा कक्षा सञ्चालन गरिरहेको छ। प्रशिक्षक प्रकाश मान थापा जापानमा अध्ययन गरेर फर्किएका अनुभवी व्यक्ति हुन्। उनले विद्यार्थीहरूलाई भाषाका साथै जापानको सामाजिक संरचना, कक्षा अनुशासन र व्यवहारिक जीवनका पक्षमा पनि सिकाउने गरेका छन्। “मैले भाषाको कमजोरीले गर्दा कक्षा नबुझ्ने, साथीहरूसँग कम्युनिकेसन गर्न नसक्ने समस्याहरू भोगेँ। आज म विद्यार्थीहरूलाई त्यही गल्ती नगर्ने गरी तयार पार्ने काममा छु,” उनले भने। हालका लागि ब्लुवाटरमा यो कक्षा निःशुल्क रूपमा सञ्चालन भइरहेको छ।

ब्लुवाटर एजुकेसनल कन्सल्टेन्सीले जापान मात्र नभई युके, क्यानडा, अस्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, माल्टा लगायतका प्रमुख देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पनि व्यवस्थित परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बेल्बासे भन्छन्, ‘हामी विद्यार्थीलाई सपना मात्रै होइन सम्भावना र यथार्थको आधारमा सही मार्ग देखाउने काम गर्छौँ।’ उनका अनुसार संस्थाको मूल उद्देश्य विद्यार्थी र अभिभावकबिच भरोसाको वातावरण निर्माण गर्नु हो।

विद्यार्थीहरूलाई नेपाल बाट विश्वका विभिन्न शैक्षिक गन्तव्य मुलुकको यात्रा सहज, सुरक्षित र प्रभावकारी बनाउन ब्लुवाटर एजुकेसनल कन्सल्टेन्सी प्रतिबद्ध संस्थाको रूपमा अगाडि बढिरहेको छ। अनुभव, समर्पण र पारदर्शिता सहित काम गर्ने टिमका कारण यो संस्था विद्यार्थी र अभिभावकबिच विश्वासिलो नाम बन्न पुगेको छ। थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले ब्लुवाटरको वेबसाइट वा शान्तिनगर गेट, नयाँ बानेश्वरस्थित कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड