काठमाडौँ- पछिल्लो समय बेलायत र अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरू माझ लोकप्रिय कोस्टलाइन एजुकेसन एण्ड भिसा सर्भिसेसले युके-यूएसए इन्फो सेसन सम्पन्न गरेको छ। शनिवार संस्थाको न्यु प्लाजा रोडस्थित बज्र कम्प्लेक्समा रहेको कार्यालय परिसरमा आयोजित यो कार्यक्रमले उक्त गन्तव्यहरूमा अध्ययनको सोचमा रहेका र तयारी गरिरहेका विद्यार्थीहरूलाई त्यहाँको अध्ययन प्रक्रिया बारे आधिकारिक जानकारी गराएको हो। बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालित उक्त जानकारी सत्र २०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको जानकारी आयोजकले दिएको छ।
कार्यक्रममा बेलायत र अमेरिकाका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श दिएका थिए। सहभागीहरूले अध्ययन गन्तव्यका रूपमा बेलायत र अमेरिका, त्यहाँका शैक्षिक संस्थाहरू, अध्ययन शुल्क, छात्रवृत्ति, बसोबास र अन्य अवसरहरूबारे जानकारी पाउनुका साथै आकर्षक गिफ्ट ह्याम्पर, मुभी टिकट र कोस्टलाइन फ्रि सर्भिस भौचर प्राप्त गरेका थिए।
कार्यक्रममा कोस्टलाइनले विद्यार्थीहरूका लागि ‘अन द स्पट एडमिसन’ र छात्रवृत्तिको अवसर पनि प्रदान गरेको थियो। युके अध्ययनका लागि जनवरी महिनाभर नाम दर्ता गराउने विद्यार्थीहरूले आइएलटिएस वा पिटिई बुकिङ शुल्कको १००% क्यास ब्याक प्राप्त गर्न सक्ने व्यवस्था कोस्टलाइनको सबैभन्दा आकर्षक अफरका रूपमा रहेको थियो। त्यस्तै अमेरिका जानका लागि जनवरी महिनामा नाम दर्ता गराउने विद्यार्थीहरूले ५० डलरसम्मको युनिभर्सिटी दर्ता शुल्क कोस्टलाइनले व्यहोर्ने अफर पनि राखिएको थियो। यसै गरी अमेरिकाको पोस्ट युनिभर्सिटीले डेट बुक गर्न छुटाएका विद्यार्थीहरूलाई नेपाल बाहेक अन्य देशहरू बाट डेट बुक गराउन चाहेमा उक्त कार्यमा लाग्ने यात्रा शुल्क (ट्राभल कस्ट) व्यहोर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको थियो।
कार्यक्रम बारे जानकारी दिँदै कोस्टलाइन एजुकेसनका प्रबन्ध निर्देशक सगुन श्रेष्ठले विदेश अध्ययनको सोच बनाइरहेका र आधिकारिक व्यक्ति बाटै स्तरीय परामर्श लिन चाहेका विद्यार्थीहरूलाई विशेष सुविधा दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताए। अमेरिका र बेलायत दुवै देशमा विश्वस्तरीय शैक्षिक संस्था रहेको हुँदा नेपाली विद्यार्थीको आकर्षण राम्रो रहेको भन्दै उनले ती विद्यार्थीहरूको अध्ययन प्रक्रिया सरल बनाउनु पनि आफूहरूको उद्देश्य रहेको बताए। कार्यक्रममा सहभागी हुन नसकेका विद्यार्थीहरूका लागि समेत जनवरी महिना भर विभिन्न अफरहरू राखिएको भन्दै त्यसको अधिकतम लाभ उठाउन पनि उनले विद्यार्थीहरूलाई अपिल गरे।
सहभागी विद्यार्थीहरूले कार्यक्रमको प्रशंसा गर्दै कोस्टलाइनद्वारा प्रदान गरिएका सेवा र जानकारीलाई अत्यन्त उपयोगी र प्रेरणादायक मानेका छन्।
छोटो समयमै विश्वसनीय परामर्शदाताको पहिचान बनाएको कोस्टलाइन एजुकेसनले लायत र अमेरिका अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। थप जानकारी कोस्टलाइनको आधिकारिक पेज मार्फत सम्पर्क गर्न सकिन्छ।
कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
भिडियो हेर्नुहोस्: