(मात्र एजुकेसनले विगत केही समयअघि देखि विश्वका विभिन्न देश पढ्न जाने नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले अब्रोड स्टडी स्तम्भको सुरुवात गरेको छ। उक्त स्तम्भ अन्तर्गत हामीले भरपर्दो, विश्वसनीय र गुणस्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्ने उत्कृष्ट परामर्श व्यवसायीका बारे तपाईँलाई जानकारी गराउँदै आएका छौँ । यो सामग्री त्यसैको निरन्तरता हो)
काठमाडौँ- राजधानीको तीनकुने शान्तिनगर गेट स्थित टि.टि. वर्ल्ड एजुकेसन कन्सल्टेन्सी दक्षिण कोरिया जाने विद्यार्थीहरू माझ लोकप्रिय छ। काठमाडौँ र आसपासका कोरिया जाने विद्यार्थीको योजनामा अभिन्न अङ्ग बनेर आउँछ यो कन्सल्टेन्सी। त्यसैले त, न ठुलो प्रचार प्रसार न कुनै तडक भडक यो संस्था आफ्नो गतिमा निरन्तर चलिरहेकै छ।
पढाइ सँगसँगै आउने अवसरका कारण नेपाली विद्यार्थी कोरिया जानका लागि लालायित हुन्छन्। कम लागतमा विद्यार्थी भिसामा जान पाइने एसियन देश हुनु, प्रयोगात्मक र विश्व स्तरीय शिक्षाको अवसर प्रदान गर्नु, अन्य पश्चिमी देशको तुलनामा सस्तो र गुणस्तरीय शिक्षा दिनुका साथै पढाइ पछि प्रदान हुने उपयुक्त कामको अवसरले नेपाली विद्यार्थीलाई कोरियातिर आकर्षित गर्छ। त्यस्तै ‘पार्ट-टाइम काम’, ‘पिएस्डब्ल्युको’ सम्भावित अवसर र वर्किङ भिसामा परिवर्तन गर्न सकिने सुविधाले पनि कोरियालाई पहिलो रोजाइको गन्तव्य बनाएको हो।
सन् २०१७ देखि नै निरन्तर कोरिया जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको टि.टि. वर्ल्डले उच्च भिसा सफलता र पारदर्शिता सहितको परामर्श व्यवसायीको पहिचान बनाएको छ। एउटा विद्यार्थी विदेश जाने सोच बनाएर पहिलो दिन आउँदा नै लाग्ने शुल्कका बारे सबै जानकारी दिने यो कन्सल्टेन्सीले कुनै पनि ‘हिडन चार्ज’ लिँदैन। त्यसबाहेक परामर्श र भाषा कक्षामा उत्कृष्टता प्रदान गर्नका लागि टि.टि. वर्ल्डको दक्ष टोली सधैँ तत्पर रहन्छ ।

मुख्य गरी जापान, दक्षिण कोरिया र अस्ट्रेलियामा नेपाली विद्यार्थी पठाउँदै आएको टि.टि. वर्ल्डले पछिल्लो समय अस्ट्रेलिया जाने विद्यार्थीलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको छ। त्यसैले संस्थाले पछिल्लो समय आइएल्टिएस, पिटिई लगायतका भाषा कक्षामा थप जोड दिएको छ। त्यसो त जापनिज र कोरियन भाषाको तयारी पनि गराउँदै आएको टि.टि. वर्ल्डले प्रत्येक भाषाका लागि अलग अलग दक्ष र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित प्रशिक्षकहरूको व्यवस्था गरेको छ। नियमित मक टेस्ट, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, जापानी र कोरियन भाषाका लागि नियमित परीक्षा र प्रत्येक भाषाका लागि नेटिभ स्पिकर सँग हरेक महिना २ पटक अन्तरक्रिया आदि टि.टि. वर्ल्डको भाषा कक्षाका अन्य विशेषताहरू हुन्।

नेपालका लागि बुटवल र काठमाडौँमा कार्यालय रहेको टि.टि. वर्ल्डले दक्षिण कोरियामा पनि आफ्नो कार्यालय खोलेको छ। कोरियामा रहेको कार्यालय मार्फत ग्र्याजुएसन पछि वा इन्टर्नका लागि उसले अमेरिका, क्यानडा, अस्ट्रेलिया, युके आदि गन्तव्य पनि पठाउने गरेको छ। त्यस्तै उक्त कार्यालय मार्फत कोरियामा समस्यामा परेका वा सहयोग खोजिरहेका नेपाली विद्यार्थीलाई मद्दत गर्ने काम पनि टि.टि. वर्ल्डले गर्दै आएको छ। त्यस्तै पाकिस्तानमा पनि छिट्टै आफ्नो कार्यालय खोल्ने तयारीमा संस्था रहेको छ।

टि.टि. वर्ल्ड बाट नै किन विदेश अध्ययनका लागि आवेदन दिने भन्ने प्रश्नमा यसका सञ्चालक गणेश बेलबासेको जवाफ रोचक छ। उनी सबैले आफ्नो कामलाई राम्रो भन्ने भएकाले आफू त्यसो नभन्ने बताउँछन्। टि.टि. वर्ल्ड आउने जो कोही विद्यार्थीले पनि आफैँ फरक छुट्ट्याउन सक्ने भएकाले संस्थाको काम नै संस्थाको परिचय भएको उनको भनाइ छ। छोटो समयमै टि.टि. वर्ल्डले प्राप्त गरेको उल्लेखनीय भिसा सफलता, लागत शुल्कका विषयमा पारदर्शिता, सही र निःशुल्क परामर्श, योग्य आवेदकलाई छात्रवृत्तिको व्यवस्था आदि टि.टि. वर्ल्डका विद्यार्थीले पाउने सुविधा हुन्। त्यस्तै भिसा पछिको उत्तरदायित्व, ‘पि.एस्ड.ब्ल्यु.’ र वर्किङ भिसाको प्रक्रियामा सहयोग, वासस्थान खोज्न सहयोग, कागजात र अन्तर्वार्ता तयारीमा सहयोग आदि पाउनका लागि पनि विद्यार्थीले टि.टि. वर्ल्ड रोज्नुपर्ने हुन्छ।

अस्ट्रेलियाका लागि टि.टि. वर्ल्ड नै किन रोज्ने ?
माथि उल्लेख गरिएजस्तै कोरिया र जापान जाने विद्यार्थीहरूको पहिलो रोजाइ बनिसकेको टि.टि. वर्ल्डले हाल अस्ट्रेलियालाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीले बढी रुचाएको एक प्रमुख गन्तव्यको रूपमा रहेको, शैक्षिक संस्थाहरूको गुणस्तर र त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने कोर्सका विभिन्नता, उपयुक्त वातावरण र शुल्क, विद्यार्थीले शिक्षा सँगै पाउने सिप र रोजगारीको सुनिश्चितता, राम्रो जीवन स्तर, आप्रवासनको लागी सम्भावित अवसर आदिले नेपाली विद्यार्थीलाई आकर्षित गरिरहँदा टि.टि. वर्ल्डले अस्ट्रेलियालाई केन्द्रित गरेर विशेष सुविधा घोषणा गरेको छ।

अस्ट्रेलियन विश्वविद्यालयको छात्रवृत्ति देखि भर्ना सम्म हरेक चरणमा सहजीकरण गर्नका लागि टि.टि. वर्ल्डको टिम हर क्षण तयार भएर बसेको छ। टि.टि. वर्ल्डको कोरियामा रहेको कार्यालयबाट समेत विभिन्न विषयहरूमा अस्ट्रेलिया पठाउने काम भइरहेको हुँदा नेपालबाट र कोरियामा अध्ययन पुरा गरेका विद्यार्थीहरू कोरियाबाट पनि अस्ट्रेलिया जान सक्छन् जुन टि.टि. वर्ल्डले दिने विशेष सुविधा हो। त्यस्तै न्यून शुल्कमा आवेदन दिन, मध्यम, न्यून र उच्च वर्गीय तिनै खालका शैक्षिक संस्थाको विकल्प पाउन, योग्यता अनुसारको छात्रवृत्ति पाउन अनि छरितो र विश्वासिलो रूपमा विदेश अध्ययन पुरा गर्न पनि विद्यार्थीले टि.टि. वर्ल्डबाट अस्ट्रेलिया जानुपर्ने हुन्छ।

यो सँगै टि.टि. वर्ल्डले हालै ‘मात्र एजुकेसन’ मार्फत घोषणा गरेको अफरमा अङ्ग्रेजी भाषा कक्षाको शुल्कमा शत प्रतिशत क्यासब्याक दिने घोषणा गरेको छ। यो अफर अन्तर्गत विद्यार्थीले आइएल्टिएस र पिटिई भाषा तयारी गर्दा तिरेको शुल्क टि.टि. वर्ल्डबाट प्रोसेसिङ गरेको खण्डमा पुरै फिर्ता पाउने घोषणा गरिएको छ। अस्ट्रेलिया नेपाली विद्यार्थीले बढी रुचाएको गन्तव्य भएको र बोर्डर पनि भर्खरै खुलेको हुँदा संस्थाले यस्तो घोषणा गरेको हो।
टि.टि. वर्ल्डका सञ्चालक बेलबासे आफैँ कोरिया पढेर फर्किएका हुन्। परामर्श क्षेत्रमा गतिलो अनुभव बटुलिसकेका यी युवा एमडीले विदेश अध्ययनका अवसर र चुनौतीलाई नजिकबाट अनुभव गरिसकेका छन्। त्यसैले उनी कोरियाको लाखौँ कमाइको काम छोडेर नेपाली विद्यार्थीलाई गुणस्तरीय परामर्श दिँदै विदेशको वस्तुस्थिति जस्ताको त्यस्तै देखाउनुपर्छ भन्ने उद्देश्यले नेपाल फर्किएका हुन्। विभिन्न देशहरूको शैक्षिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षसँग राम्रोसँग परिचित उनी आफ्नो यो अनुभवले विद्यार्थीलाई विदेश अध्ययन बारे बुझाउन अझै सजिलो हुने धारणा राख्छन्।

आफूलाई गुणस्तरको पर्यायका रूपमा प्रस्तुत गर्दै छोटो समयमै आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न सफल टि.टि. वर्ल्ड तपाईँका लागि उपयुक्त परामर्शदाता हुन सक्छ। तपाईँ पनि आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न चाहनुहुन्छ भने थुप्रै नेपाली विद्यार्थीहरूको सारथि बनिसकेको टि.टि. वर्ल्डलाई रोज्न सक्नुहुन्छ। त्यसका लागि तपाईँ तीनकुने शान्तिनगर गेट नजिकै रहेको टि.टि. वर्ल्डको कार्यालय जान सक्नुहुन्छ। त्यस्तै यहाँ क्लिक गरेर टि.टि. वर्ल्डको वेबसाइट र यहाँ क्लिक गरेर फेसबुक पेज सँग पनि जोडिन सकिन्छ।