काठमाडौँ- बागबजार स्थित ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीको क्रिसमस तथा नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न भएको छ । आइतबार राजधानीको हात्तीसार स्थित नेपाल हाउसमा आयोजित एक विशेष सांस्कृतिक कार्यक्रमका बिच ओएसिसले आफ्ना अभिभावक, विद्यार्थी, शैक्षिक संस्थाहरू तथा शुभचिन्तकहरू माझ शुभकामना आदानप्रदान गरेको हो ।
ओएसिसका प्रबन्ध निर्देशक राम थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ओएसिसका कानुनी सल्लाहकार दुर्गा खनाल लगायत अतिथिहरू तथा ओएसिसका विद्यार्थी, अभिभावक, तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दर्जन भन्दा बढी भिसा सफलता प्राप्त गरेका र भाषा परीक्षामा उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीहरूले आफ्नो अनुभव बाँडेका थिए। उनीहरूले ओएसिसले दिएको वातावरणकै कारण आफूहरू सफल हुन सकेको बताए। हाल भाषा कक्षा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रम अवधिभर दिएको गायन, नृत्य लगायतका प्रस्तुतिले कार्यक्रमलाई अझ उत्कृष्ट बनाएको थियो। त्यस्तै ओएसिसका सल्लाहकार नारायण राजथलाको कुशल कार्यक्रम सञ्चालन शैलीले कार्यक्रम अर्थपूर्ण बन्न पुगेको थियो।
ओएसिसले अनुशासित विद्यार्थी, नियमित उपस्थित हुने विद्यार्थी, उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी सहित कार्यक्रममा प्रस्तुति दिने सबैलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको थियो।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीकी अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक रेश्मा राजथलाले विगतका बर्सहरूझैँ यस वर्ष पनि शुभकामना आदानप्रदान गर्ने क्रममा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उल्लेख गरिन् । उनले २००७ देखि ओएसिसले भाषा शिक्षण सहित गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको बताइन्। यस क्रममा अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, युके र युरोपका विभिन्न देशहरू जान चाहने हजारौँ विद्यार्थीको सपनाको सारथि आफूहरू बनिसकेको उनको भनाई थियो। उनले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना दिँदै सबैको भिसा लागोस् र अभिभावकको सपना पूरा होस् भन्ने शुभकामना दिइन्।
तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमको फोटो फिचर हेर्न सक्नुहुन्छ।
भिडियो हेर्नुहोस्: