काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आगामी पुस ३० गते वनभोज कार्यक्रम आयोजना गरेको छ। हरेक वर्ष गर्दै आएको वनभोज कार्यक्रम कोरोनाका कारण अघिल्ला दुई वर्षहरू सञ्चालन सकेका थिएनन् । यो पटक भने पुस महिनाको अन्तिम दिन शनिवार गोकर्ण हिल साइड रिसोर्टमा वनभोज आयोजना गरिएको छ ।
वनभोज कार्यक्रम बारे जानकारी दिँदै फेकनका कार्यसमिति सदस्य तथा वनभोज कार्यक्रम संयोजक सुदेस पोखरेलले आपसी भाइचारालाई अझै मजबुत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । मात्र एजुकेसन सँगको संवादमा उनले अगाडि भने,“ परामर्श व्यवसायीहरूको हक हितका लागि खुलेको छाता संगठन भएका कारण हामीले वर्ष भर विविध गतिविधि गर्ने गरेका छौँ । वनभोज कार्यक्रम त्यसैको निरन्तरता हो। यस किसिमको कार्यक्रममा आफ्नो व्यस्त दैनिकी बाट समय निकालेर सुखदुख साटासाट गर्ने र मनोरञ्जन लिने अवसर हाम्रा सदस्य व्यवसायीहरूले प्राप्त गर्छन् ´´ ।
फेकनले वनभोज कार्यक्रममा सक्रिय सहभागीताका लागि सम्बन्धित सबैलाई आग्रह गरेको छ ।