काठमाडौँ- क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा अनुभवी र सर्वाधिक विश्वासिलो परामर्श केन्द्र इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइ.सी.सी.सी.) ले कन्फेडेरेसन कलेजको इन्फो सेसन आयोजना गर्ने भएको छ। संस्थाले राजधानी काठमाडौँ सहित देशका ३ प्रमुख सहरहरूमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
आगामी जुन ९ तारिख आइतबारका दिन बिर्तामोड झापामा, जुन १० तारिख सोमबार इटहरीमा र जुन १३ तारिख बिहीबारका दिन पुतलीसडकको पुतलिहबमा रहेको आइ.सी.सी.सी.को कार्यालयमा इन्फो सेसन सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ। यी सबै इन्फो सेसनहरूमा सहभागी हुने विद्यार्थीहरूले उक्त कलेजका ‘साउथ एसिया रिक्रुटमेन्ट रिप्रीजेन्टेटिभ’ कृष्ण कुमार पाई बाट स्तरीय परामर्श प्राप्त गर्नेछन्।
मात्र एजुकेसन सँग कुरा गर्दै आइ.सी.सी.सी. का प्रबन्ध निर्देशक राम खड्काले क्यानडा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरूलाई क्यानडाका शैक्षिक कार्यक्रमहरू, भर्ना आवश्यकताहरू, छात्रवृत्तिका अवसरहरू र पढाई पछिका सम्भावनाहरू बारे जानकारी दिई उनीहरूको शैक्षिक सीप र ज्ञान वृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले कन्फेडेरेसन कलेज क्यानडाको एउटा उत्कृष्ट शैक्षिक संस्था भएको उल्लेख गर्दै आफूलाई पायक पर्ने ठाउँको कार्यक्रममा सहभागी भएर मौकाको फाइदा उठाउन सम्बन्धित विद्यार्थीलाई अपिल गरे।

