Matra Education मंगलबार, भाद्र २३ २०८३

आइडिबि ग्लोबल सर्भिसेद्वारा बाढी पीडितका लागि एक लाख पाँच हजार रुपैयाँ सहयोग

आइडिबि ग्लोबल सर्भिसेद्वारा बाढी पीडितका लागि एक लाख पाँच हजार रुपैयाँ सहयोग

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र १२ २०८३


काठमाडौँ– विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकको राहतका लागि फिनल्यान्ड अध्ययनका क्षेत्रमा नेपाली विद्यार्थीमाझ लोकप्रिय शैक्षिक परामर्शदाता संस्था आइडिबि ग्लोबल सर्भिसेसले एक लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

देशका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट जनधनको ठुलो क्षति भएपछि आइडिबि ग्लोबलले पीडितको राहत तथा सहयोगका लागि उक्त रकम उपलब्ध गराएको हो।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। बाढी पहिरोका कारण विस्थापित तथा प्रभावित परिवारको राहत र पुनः स्थापनामा थोरै भए पनि सहयोग पुग्ने विश्वासका साथ एक लाख रुपैयाँ सहयोग गरिएको संस्थाको भनाइ छ।

विदेश अध्ययनका लागि नेपाली विद्यार्थीलाई परामर्श तथा आवश्यक सहजीकरण गर्दै आएको आइडिबि ग्लोबलले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि विभिन्न समयमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड