काठमाडौँ- कंगारु एजुकेसन फाउन्डेसनले काठमाडौँको बागबजारस्थित पर्पल हाउसमा ब्रिटिस काउन्सिलको आधिकारिक आइएलटिएस परीक्षा केन्द्रका रूपमा आफ्नो केन्द्रको औपचारिक उद्घाटन गरेको छ।
नेपालमा आइएलटिएस परीक्षाका लागि ब्रिटिस काउन्सिलका आधिकारिक साझेदार केन्द्रमध्ये कंगारु एजुकेसन फाउन्डेसन पनि एक रहेको छ। विद्यार्थीलाई आइएलटिएस परीक्षा दिन सहज, विश्वसनीय र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको कंगारुले जनाएको छ।
केन्द्रमा आधुनिक परीक्षा पूर्वाधार तथा आवश्यक सुविधाहरू उपलब्ध गराइएको छ। केन्द्रमार्फत विद्यार्थीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आइएलटिएस परीक्षा दिन सक्नेछन्।
केन्द्रको उद्घाटन समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपालमा अन्तर्राष्ट्रिय स्तरको परीक्षा सेवा विस्तारले विद्यार्थीलाई परीक्षा दिन थप सहज हुने बताएका थिए। कंगारु एजुकेसन फाउन्डेसनले आगामी दिनमा पनि गुणस्तरीय परीक्षा सेवा तथा विद्यार्थीमैत्री वातावरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।