Matra Education बिहिबार, भाद्र ११ २०८३

क्लाउड एजुकेसन ग्रुपद्वारा बाढीपीडितका लागि ५ लाख रुपैयाँ सहयोग घोषणा

क्लाउड एजुकेसन ग्रुपद्वारा बाढीपीडितका लागि ५ लाख रुपैयाँ सहयोग घोषणा

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र ११ २०८३


काठमाडौँ – क्लाउड एजुकेसन ग्रुप प्राइभेट लिमिटेडले नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित समुदायको सहायताका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

शिक्षा केन्द्रित संस्थाका रूपमा आफूले सेवा गर्ने समुदायसँग बलियो तथा दीर्घकालीन सम्बन्ध राख्ने क्लाउड एजुकेसन ग्रुपले ज्यान गुमाएका सम्पूर्णप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएको छ।

संस्थाको निरन्तर कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) प्रतिबद्धताअन्तर्गत यो सहयोग राहत तथा पुन:स्थापना प्रयासमा केन्द्रित गरिएको क्लाउड एजुकेसन ग्रुपले जनाएको छ।

विज्ञप्तिमा संस्थाले भनेको छ – “हामीले सेवा गर्ने समुदायसँगको हाम्रो सम्बन्ध शिक्षाभन्दा पनि फराकिलो छ। आवश्यक परेको बेलामा मानिसहरूलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्वको महत्त्वपूर्ण हिस्सा हो। हामी यस कठिन घडीमा नेपाल र यहाँ जनतासँग एकजुट छौँ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड