काठमाडौँ- बेलायतमा अध्ययन गरिरहेका विद्यार्थीहरूले बीपीपी युनिभर्सिटीलाई सबैभन्दा उत्कृष्ट विश्वविद्यालयका रूपमा छनोट गरेका छन्। विद्यार्थीहरूको प्रत्यक्ष समीक्षा र मूल्याङ्कनका आधारमा तयार गरिएको ‘स्टुडेन्टक्राउड उत्कृष्ट बेलायती विश्वविद्यालय श्रेणी–२०२६’ मा बीपीपी युनिभर्सिटी पहिलो स्थानमा परेको हो।
बेलायतको विद्यार्थी समीक्षा मञ्च स्टुडेन्टक्राउड ले सार्वजनिक गरेको नयाँ वरियतामा बीपीपी युनिभर्सिटीले ५ मध्ये ४.५४ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको जनाएको छ। यो श्रेणीकरण कुनै समिति वा विज्ञको मूल्याङ्कनबाट नभई विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दिएका वास्तविक अनुभव र प्रतिक्रियाका आधारमा तयार गरिएको हो।
स्टुडेन्टक्राउडका अनुसार अध्ययनको गुणस्तर, विद्यार्थी सन्तुष्टि, शैक्षिक सहयोग तथा समग्र विश्वविद्यालय अनुभवका आधारमा बीपीपी युनिभर्सिटी अन्य विश्वविद्यालयभन्दा अगाडि देखिएको हो। यही कारण यो वरियतालाई विद्यार्थीको वास्तविक अनुभव झल्काउने सूचीका रूपमा समेत लिइन्छ।
बीपीपी युनिभर्सिटीमा अध्ययनरत एक अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो समीक्षामा विश्वविद्यालयको अध्ययन वातावरण निकै सहयोगी रहेको उल्लेख गरेका छन्। शिक्षक तथा कर्मचारीको साथ, पर्याप्त शैक्षिक स्रोत र अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री वातावरणका कारण आफ्नो शैक्षिक र व्यक्तिगत दुवै विकासमा सकारात्मक प्रभाव परेको उनको अनुभव छ।
कानुन, व्यवस्थापन, वित्त तथा प्रविधिका विषयमा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको बीपीपी युनिभर्सिटी बेलायतका अग्रणी विश्वविद्यालयमध्ये एक मानिन्छ । विश्वविद्यालयले बेलायती सरकारको शिक्षण उत्कृष्टता रूपरेखा (टीईएफ) अन्तर्गत ‘स्वर्ण’ स्तरको मान्यता प्राप्त गरेको छ। साथै, बेलायतको गुणस्तर सुनिश्चितता निकाय (क्यूएए) र व्यवस्थापन शिक्षाको अन्तर्राष्ट्रिय मान्यता एएसीएसबी समेत हासिल गरेको जनाएको छ।
बीपीपी युनिभर्सिटीले एक समयमा एउटै विषयमा केन्द्रित भएर अध्ययन गराउने विशेष शिक्षण प्रणाली अपनाउँदै आएको छ। यसले विद्यार्थीलाई विषयवस्तुको गहिरो बुझाइ विकास गर्न सहयोग पुग्ने विश्वविद्यालयको दाबी छ। विश्वविद्यालयका स्नातकहरू विश्वका प्रतिष्ठित लेखा परीक्षण संस्था, कानुनी फर्म तथा वित्तीय संस्थाहरूमा कार्यरत रहेको पनि उल्लेख गरिएको छ।
विश्वविद्यालयले अगस्ट २०२६ को भर्ना अझै खुला रहेको जनाएको छ। नेपालका लागि बीपीपी युनिभर्सिटीका आधिकारिक प्रतिनिधि तथा कन्ट्री म्यानेजर शिव के.सी. का अनुसार इच्छुक विद्यार्थीहरूले अहिले नै आवेदन प्रक्रिया अघि बढाउन सक्नेछन्। थप जानकारी स्टुडेन्टक्राउडमा प्रकाशित बीपीपी युनिभर्सिटीको प्रोफाइल मार्फत प्राप्त गर्न सकिने उनले बताए।