Matra Education आइतबार, साउन १० २०८३

कंगारु एजुकेसन फाउन्डेसनको ‘प्यारेन्स काउन्सिलर मिट’ कार्यक्रम सम्पन्न

कंगारु एजुकेसन फाउन्डेसनको ‘प्यारेन्स काउन्सिलर मिट’ कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, असार १४ २०८३


काठमाडौँ- वैदेशिक अध्ययनका क्षेत्रमा लोकप्रिय परामर्शदाता संस्था कंगारु एजुकेसन फाउन्डेसनले ‘प्यारेन्स काउन्सिलर मिट’ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार बागबजार स्थित कंगारुको प्रधान कार्यालयमा आयोजित कार्यक्रम मार्फत संस्थाले विदेश अध्ययन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूलाई विदेश अध्ययनका विभिन्न आयामहरू बारे जानकारी गराएको हो।

कंगारु एजुकेसन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) महेश बाबु तिमल्सिनाको अध्यक्षता र मुख्य प्रस्तुति रहेको कार्यक्रममा १०० जना भन्दा बढी विद्यार्थी अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालक तथा कंगारुका कार्यकारी प्रबन्धक (अन्तर्राष्ट्रिय सम्बन्ध) धनीराम खनालले कार्यक्रमको उद्देश्य तथा कंगारुका गतिविधिहरू बारे जानकारी दिँदै कार्यक्रमलाई औपचारिकता दिएका थिए।

उनका अनुसार अभिभावकलाई केन्द्रमा राखेर शैक्षिक परामर्श दिनुपर्छ र उनीहरूलाई निर्णय गर्न सहज बनाउनुपर्छ भन्ने मान्यता कंगारुको रहेको छ । २० वर्षको विरासत बोकेको कंगारुले हजारौँ विद्यार्थीलाई परामर्श प्रदान गरिसकेको बताएका उनले विद्यार्थी, अभिभावक र परामर्शदाता (काउन्सिलर) लाई एकै मञ्चमा राखेर विदेश अध्ययनका बारेमा छलफल गराउने उद्देश्यले यो कार्यक्रमको सुरुवात गरिएको जानकारी दिए । अभिभावक बिना शैक्षिक परामर्श पुरा हुन नसक्ने उनको भनाई थियो।

कार्यक्रममा मुख्य प्रस्तुतीकरण दिएका तिमल्सिनाले विदेश अध्ययनको आवश्यकता र महत्त्व, आवश्यक योग्यता, आवेदन यात्रा, गन्तव्यहरूको तुलना, खर्च र त्यसको स्रोत व्यवस्थापन, पढाई पछिको जीवन र कंगारुले गर्ने सहयोग आदिका बारेमा विस्तृत जानकारी गराए । विदेश अध्ययनका लागि पछिल्लो समय अभिभावकको चासो पनि बढेको उल्लेख गरेका उनले अभिभावकको भूमिका र सक्रिय सहभागिता बिना यो प्रक्रिया पुरा नहुने भनाई राखे। आफूहरूले विद्यार्थीलाई र विद्यार्थीले अभिभावकलाई त्यही कुरा बुझाउँदा पनि अभिभावक सम्म सबै जानकारी नपुग्ने हुँदा यस किसिमको कार्यक्रम महत्त्वपूर्ण भएको उनको भनाई थियो। उनले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गरिने बताए। तिमल्सिनाले विद्यार्थी अभिभावकले उठाएका विभिन्न प्रश्नहरूको जवाफ समेत दिएका थिए।

कार्यक्रम पश्चात् मात्र एजुकेसनलाई प्रतिक्रिया दिएका विद्यार्थी अभिभावकहरूले आफूहरूका लागि कार्यक्रम निकै फलदायी भएको बताए। विदेश अध्ययनको सबै प्रक्रिया बुझ्न पाएको भन्दै उनीहरूले आयोजकलाई धन्यवाद दिए।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड