Matra Education आइतबार, साउन १० २०८३

युनि कन्सल्टेन्स अलायन्सको ‘एक्सटेन्डेड प्रमोटर्स मिटिङ’ दोलखामा सम्पन्न

युनि कन्सल्टेन्स अलायन्सको ‘एक्सटेन्डेड प्रमोटर्स मिटिङ’ दोलखामा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, असार ७ २०८३


काठमाडौं- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि-टु-बी कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) ले आफ्नो एक्सटेन्डेड प्रमोटर्स मिटिङ दोलखास्थित रमाइलो घर रिसोर्टमा सम्पन्न गरेको छ।

रिट्रिट शैलीमा आयोजित कार्यक्रममा सहभागीहरूबीच प्यानल छलफल गरिएको थियो। छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षहरूका साथै सञ्चालक समितिले प्रस्तुत गरेका विभिन्न कार्यक्रम तथा एजेन्डामाथि विस्तृत समीक्षा गरिएको थियो।

कार्यक्रममा बदलिँदो व्यावसायिक परिवेश, सरकारी नीति–नियम तथा बढ्दो प्रतिस्पर्धी वातावरणका बीच युसिएले आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीति, अवसर र चुनौतीका विषयमा गहन छलफल भएको थियो।

कार्यक्रमको प्रारम्भमा युसिएका सञ्चालक ईश्वर घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य तथा सहकार्यको महत्वबारे प्रकाश पारेका थिए। त्यसैगरी, सञ्चालक आरसी ओलीले युसिएको आगामी कार्ययोजना तथा संस्थागत रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए भने युसिएका लेखा अधिकृत माधव श्रेष्ठले संस्थाको आर्थिक अवस्था तथा लेखा व्यवस्थापनसम्बन्धी प्रस्तुति दिएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले राखेका जिज्ञासा, सुझाव तथा पृष्ठपोषणमाथि प्रतिक्रिया दिँदै युनि कन्सल्टेन्स अलायन्सका अध्यक्ष रामशरण ढकालले संस्थाको वर्तमान अवस्था, उपलब्धि तथा भावी योजनाबारे विशेष प्रस्तुति दिएका थिए। उनले युसिएलाई अझ प्रभावकारी, व्यवसायीमैत्री तथा दिगो संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले संस्थाका प्रवर्द्धकहरूबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान तथा भावी रणनीति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड