काठमाडौँ– प्रसिद्ध शैक्षिक परामर्श दाता संस्था आइडिबि ग्लोबल सर्भिसेसको आयोजनामा ‘युएसए कनेक्ट’ कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार साँझ र्याडिसन होटेल काठमाडौँमा कलेज पोण्ड सँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। अमेरिका अध्ययनका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्श व्यवसायीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १०० जना परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य अमेरिका अध्ययन सम्बन्धी अद्यावधिक जानकारी प्रदान गर्नुका साथै त्यहाँका प्रतिष्ठित शैक्षिक संस्थाहरूको बारेमा जानकारी गराउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा आइडिबि ग्लोबलका प्रबन्ध निर्देशक ईश्वर घिमिरेको सभापतित्व रहेको थियो भने कलेज पोण्डका प्रतिनिधिहरू अर्जुन गोलानी, प्रसाद जाद, ऐश्वर्या चवन र जुही महादिक, मिडल टेनेसी स्टेट युनिभर्सिटीकी प्रतिनिधि रीमा दोषी, क्वालेज प्रतिनिधि शिबानी श्रेष्ठ तथा ड्युलिंगो इङ्लिस टेस्टकी प्रतिनिधि आँचल मुन्शीको आतिथ्य रहेको थियो।
कार्यक्रमको सुरुवात आइडिबि ग्लोबलका बिजनेस डेभलपमेन्ट म्यानेजर सुवास पुडासैनीको स्वागत मन्तव्यबाट भएको थियो। उनले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आइडिबि ग्लोबलले शैक्षिक परामर्श क्षेत्रमा गर्दै आएका गतिविधिहरू र कामहरूबारे जानकारी गराएका थिए।
त्यसपछि अतिथि वक्ताहरूले आ–आफ्नो संस्था र कार्यक्रमहरूबारे जानकारीमूलक प्रस्तुतीकरण दिएका थिए। प्रस्तुतीकरणपछि सहभागीहरूबिच प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो, जहाँ अमेरिका अध्ययन, भर्ना प्रक्रिया, भाषा परीक्षा लगायत विषयमा छलफल भएको थियो।
कार्यक्रमको समापन गर्दै सभापति घिमिरेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। उनले आफ्नो टिमको मेहनतका कारण कार्यक्रम सफल भएको बताए। अमेरिका नेपाली विद्यार्थीहरूका लागि महत्त्वपूर्ण शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको विषयमा समेत चर्चा गरेका उनले आइडिबिले अहिले ड्युलिंगो इङ्लिस टेस्टमा विशेष छुटको व्यवस्था गर्न लागेको र भोलिका दिनमा पनि विद्यार्थी र व्यवसायीको सुविधाका लागि अन्य आकर्षक अवसरहरू ल्याउने घोषणा गरे।