Matra Education आइतबार, साउन १० २०८३

बानेश्वरमा खुल्यो प्रोक्सिमाको शाखा, विद्यार्थीहरूलाई छात्रवृत्ति सहित अन्य आकर्षक अफरहरू दिने

बानेश्वरमा खुल्यो प्रोक्सिमाको शाखा, विद्यार्थीहरूलाई छात्रवृत्ति सहित अन्य आकर्षक अफरहरू दिने

  • मात्र एजुकेशन
  • शनिबार, चैत्र १४ २०८२


काठमाडौँ- विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूलाई स्तरीय परामर्श सेवा दिँदै आएको प्रोक्सिमा एजुकेसन एण्ड माइग्रेसन सर्भिसेसले नयाँ बानेश्वरमा शाखा बिस्तार गरेको छ। चाबहिलमा प्रधान कार्यालय रहेको यस शैक्षिक परामर्श संस्थाले शुक्रवार एक औपचारिक कार्यक्रम गर्दै मध्यवानेश्वरमा आफ्नो भव्य कर्पोरेट कार्यालयको उद्घाटन गरेको हो।

युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) का संस्थापक अध्यक्ष विनोद कुमार सुवेदी, राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का महासचिव दिपक कोइराला सहित विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिहरू, नेपाली शैक्षिक संस्थाका प्रतिनिधिहरू, शुभचिन्तकहरू र विद्यार्थी- अभिभावकहरूको बाक्लो उपस्थितिका बिच कार्यालय उद्घाटन गरिएको हो। संस्थाले यस कार्यालय मार्फत अझ विस्तारित र स्तरीय परामर्श सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रोक्सिमाले अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, साइप्रस, युके, दक्षिण कोरिया लगायत गन्तव्यहरूमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूलाई भरपर्दो सेवा दिँदै आएको कार्यक्रममा उल्लेख गरिएको थियो। त्यस्तै संस्थाले आइएलटिएस, पिटिई सहित अन्य भाषा तयारी कक्षाहरू समेत अनुभवी अध्यापकहरू बाट तयारी गराउँदै आएको छ। बानेश्वरमा शाखा खुलेको अवसरमा आगामी दुई महिना सम्म भाषा कक्षा निःशुल्क पढाउने घोषणा गरिएको छ।

कार्यक्रममा शुभकामना दिँदै नेका महासचिव कोइरालाले नेका सदस्य व्यवसायीहरूले सधैँ मर्यादित रूपमा व्यवसाय गर्दै आएको र प्रोक्सिमाको नयाँ शाखाले पनि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे। उनले बानेश्वरमा विस्तारित सेवा सहित आएको प्रोक्सिमाको अझै धेरै सफलताको कामना गरे।

कार्यक्रमका प्रमुख अतिथि सुवेदीले विगत लामो समय देखि प्रोक्सिमा सञ्चालकहरू सँग आफू परिचित रहेको र उनीहरूले गुनासो गर्ने कुनै मौका नदिई काम गर्दै आएको उल्लेख गरे। परामर्श व्यवसायी भनेको खालि एउटा व्यवसायी मात्रै नभई विद्यार्थीको सपना पुरा गराउने सहयात्री भएको उल्लेख गर्दै उनले सोही मर्म अनुसार आफ्नो काम गर्नुपर्ने धारणा राखे। सुवेदीले नयाँ ठाउँ भए पनि चाबहिलमा जस्तै प्रोक्सिमाले आफूलाई प्रमाणित गर्ने विश्वास व्यक्त गर्दै व्यावसायिक सफलताको कामना गरे।

कार्यक्रम पश्चात् मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै प्रोक्सिमा बानेश्वरकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्पणा जोशीले उद्घाटन कार्यक्रम भव्य बनाउन उपस्थित सबै प्रति आभार प्रकट गरिन्। बानेश्वरको भव्य कार्यालय बाट अझै विस्तारित सेवा प्रदान गरिने र निकट भविष्यमै कीर्तिपुर सहित उपत्यका बाहिर समेत सेवा बिस्तार गरिने उनले बताइन्। प्रोक्सिमाले नेपाली विद्यार्थीहरूलाई विश्वका विभिन्न मुलुकमा रहेका शैक्षिक संस्थाहरूले प्रदान गर्ने छात्रवृत्ति अवसरहरू सँग जोड्ने र अन्य विभिन्न आकर्षक अफरहरू ल्याउने भन्दै उनले समयमै आएर मौकाको फाइदा उठाउन उनले सम्बन्धित विद्यार्थीहरूलाई अपिल गरिन्।


प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड