Matra Education आइतबार, साउन १० २०८३

भुपेन्द्र सिटौलाको अध्यक्षतामा नेकाको नयाँ कार्यसमिति सर्वसम्मत चयन

भुपेन्द्र सिटौलाको अध्यक्षतामा नेकाको नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन १७ २०८२


काठमाडौँ- राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को सातौँ वार्षिक साधारण सभाले भुपेन्द्र सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। राजधानीमा शनिवार सम्पन्न साधारण सभाले आगामी तीन वर्षे कार्यकालको लागी नयाँ कार्यसमितिको सर्वसम्मत चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमण कोइराला र सुवेन्द्र थापा चयन हुँदा महासचिवमा दीपक कोइराला दोहोरिएका छन्। त्यस्तै सचिवमा प्रधुन्न बोगटी र प्रतीक्षा श्रेष्ठ तथा कोषाध्यक्षमा सुर्य पोखरेल चयन भएका छन् । यता कार्यसमिति सदस्यहरूमा ध्रुव थापा, केशव सिम्खडा, विनोद कँडेल, लक्ष्मी खत्री, विनोद बुढाथोकी, एकराज भण्डारी, निरज पौडेल, त्रिलोचन अधिकारी, गणेश श्रेष्ठ र दुर्गादत्त सापकोटा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष सिटौलाले सबैको सहयोगमा सदस्यहरूको हितको संरक्षण गर्दै संस्थालाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड