Matra Education आइतबार, साउन १० २०८३

स्व. सिद्धार्थ कार्कीका बुबालाई नेक्सा द्वारा सहयोग रकम हस्तान्तरण

स्व. सिद्धार्थ कार्कीका बुबालाई नेक्सा द्वारा सहयोग रकम हस्तान्तरण

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन १० २०८२


काठमाडौँ- दक्षिण कोरियामा असामयिक निधन भएका नेपाली विद्यार्थी सिद्धार्थ कार्कीको परिवारलाई नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार स्व कार्कीको सम्झनामा एक कार्यक्रम आयोजना गर्दै संस्थाले उनका पिता केदार बहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेको हो।

उनको दुखद निधनपछि सहयोग अभियान चलाएको नेक्साले संकलन गरेको कुल ५,४३,२२० मा थप रकम नेक्साले थपेर जम्मा ६ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो। नेक्सा सदस्यहरू, विभिन्न शैक्षिक परामर्शदाता तथा शुभेच्छुक व्यक्तिहरू सहयोग अभियानमा संलग्न भएका थिए।

नेक्साका अध्यक्ष सन्तोष खनाल, महासचिव गणेश बेल्वासे, कोषाध्यक्ष सन्दिप तिवारी, कार्यसमिति सदस्य विनोद भण्डारीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो। नेक्साले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा सानो सहयोगले परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड