Matra Education आइतबार, साउन १० २०८३

आइडिबि ग्लोबलले मनायो १० औँ वार्षिकोत्सव

आइडिबि ग्लोबलले मनायो १० औँ वार्षिकोत्सव

  • मात्र एजुकेशन
  • बुधबार, फाल्गुन ६ २०८२


काठमाडौँ- फिनल्यान्ड अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरू माझ सर्वाधिक लोकप्रिय परामर्श दाता संस्था आइडिबि ग्लोबल सर्भिसेसले १० औँ वार्षिकोत्सव मनाएको छ। मंगलबार संस्थाको कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच आइडिबिले केक काटेर खुसी साटेको हो।

सफलताको १० औँ वर्ष पुरा गरेको आइडिबि ग्लोबललाई बधाई दिन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) को नेतृत्वमा इक्यान कार्यसमिति कार्यक्रम स्थल पुगेको थियो। कार्यक्रममा युसिए अध्यक्ष रामशरण ढकाल सहित विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरू, परामर्श व्यवसायीहरू र आइडिबिका शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै आइडिबि ग्लोबलकी कम्प्लायन्स म्यानेजर स्मृति मानन्धरले आइडिबि ग्लोबलको बारेमा जानकारी दिइन्। उनले संस्थाले गर्दै आएको काम र आज सम्मका उपलब्धिहरू बारे समेत जानकारी गराइन्।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले १० वर्षको यात्रा तय गरेकोमा आइडिबिलाई बधाई दिए। यति लामो समयसम्म काम गर्नु ठुलो उपलब्धि भएको भन्दै उनले अझै धरै दशकको सफलताको शुभकामना दिए। विद्यार्थी र विदेशी विश्वविद्यालय बिच पुलको काम गर्ने यो यात्रामा अझै धरै सफलता मिलोस् भन्ने शुभकामना उनले दिए।

आइडिबि ग्लोबलका प्रबन्ध निर्देशक इश्वर घिमिरेले सबैको साथ र सहयोगले यहाँसम्म आइपुगेको उल्लेख गरे। कम्पनीमा आफ्नो साझेदार राम्रो भएकाले सफल भएको बताएका उनले कर्मचारीको भूमिकाको समेत खुलेर तारिफ गरे। संस्थाले आफ्नो सेवा निरन्तर बिस्तार गरिरहेको उल्लेख गर्दै उनले आजसम्मको साताका लागि सबैलाई धन्यवाद दिए।

स्थापना दिवसको अवसरमा विद्यार्थीलाई आकर्षक अफर दिएको आइडिबिले सामाजिक कार्य समेत गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड