Matra Education आइतबार, साउन १० २०८३

राइटपाथको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट २०२६’ भोलि

राइटपाथको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट २०२६’ भोलि

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन ५ २०८२


काठमाडौँ- पुतलीसडक, काठमाडौँमा प्रधान कार्यालय रहेको शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट २०२६’ भोलि फागुन ६ गते (१८ फेब्रुअरी) का दिन सम्पन्न हुने भएको छ। ३० भन्दा बढी विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने यो कार्यक्रममा विद्यार्थीले वान टु वान काउन्सिलिङ, अन स्पट एडमिसन, आकर्षक छात्रवृत्ति सुविधा लगायत थुप्रै फाइदाहरू लिन सक्नेछन्। कार्यक्रम बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

विदेश अध्ययनको योजना बनाइरहेका नेपाली विद्यार्थीलाई अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग एउटै थलोमा प्रत्यक्ष संवाद गराउने लक्ष्य कार्यक्रमले राखेको छ। सहभागी विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रोफाइल अनुसार उपयुक्त गन्तव्य, कार्यक्रम र अवसरबारे स्पष्ट जानकारी पाउने तथा सही निर्णय लिन सहयोग पुग्ने विश्वास आयोजकको छ। स्नातक, स्नातकोत्तर वा उच्च अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रमले व्यक्तिगत मार्गदर्शन, प्रोफाइल मूल्याङ्कन र वास्तविक अवसरबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउने जनाइएको छ।

के छ विशेष आकर्षण ?
कार्यक्रममा सहभागी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालय प्रतिनिधिहरूसँग परामर्श सत्र, अन–स्पट प्रोफाइल मूल्याङ्कन तथा निःशुल्क विशेषज्ञको सल्लाह लिन पाउने छन्। साथै विभिन्न विश्वविद्यालयबाट ५० प्रतिशतसम्म छात्रवृत्ति अवसरबारे जानकारी पाउने तथा अध्ययन गन्तव्य छनोटबारे स्पष्ट मार्गदर्शन लिन सक्नेछन्। एउटै छानामुनि बहु–गन्तव्यका विश्वविद्यालयसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरले विद्यार्थीलाई आत्मविश्वासका साथ विदेश अध्ययनको निर्णय लिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

विद्यार्थीका लागि सीमित सिट व्यवस्था गरिएको यस कार्यक्रममा समयमै दर्ता गरी सहभागी हुन आयोजकले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड