काठमाडौँ- फिनल्यान्ड अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरू माझ सर्वाधिक लोकप्रिय परामर्श दाता संस्था आइडिबि ग्लोबल सर्भिसेसले १० औँ वार्षिकोत्सवको अवसरमा परोपकारी कार्य गरेको छ। १० वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष कार्यक्रम आयोजना गरेको हो।
शुक्रवार आइडिबि परिवार तारकेश्वरस्थित नवजीवन परोपकार संस्थामा पुगेर २५ जना वृद्ध–वृद्धालाई भोजन गराउनुका साथै आर्थिक सहयोग समेत प्रदान गरेको छ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक इश्वर घिमिरेले संस्थाले विगत १० वर्षदेखि विद्यार्थीहरूको भविष्य निर्माणमा समर्पित रहँदै आएको उल्लेख गर्दै वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा पनि यस्ता परोपकारी कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
यसै अवसरमा आइडिबि ग्लोबलले १० औँ वार्षिकोत्सवको विशेष अफर सार्वजनिक गर्दै विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आकर्षक छुट तथा सुविधाहरू उपलब्ध गराउने जानकारी दिएको छ। संस्थाले शैक्षिक परामर्श क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै समाजप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको जनाएको छ।