Matra Education आइतबार, साउन १० २०८३

झापामा ‘फिनल्यान्ड इन्फर्मेसन सेसन’ सम्पन्न

झापामा ‘फिनल्यान्ड इन्फर्मेसन सेसन’ सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, माघ १८ २०८२


झापा– इक्यान झापाको आयोजना तथा आइडिबि ग्लोबल सर्भिसेसको सहयोगमा ‘फिनल्यान्ड इन्फर्मेसन सेसन’ सफलतापूर्वक सम्पन्न भएको छ। झापामा आयोजित उक्त कार्यक्रम फिनल्यान्ड अध्ययन गर्न इच्छुक विद्यार्थी तथा युरोपियन गन्तव्यमा काम गर्न चाहने शैक्षिक परामर्श व्यवसायीलाई लक्षित गरी सञ्चालन गरिएको थियो।

कार्यक्रमको प्रमुख प्रस्तोता युनिभर्सिटी अफ भाषाका एसिया क्षेत्रीय सल्लाहकार बिर्जु पटेल रहेका थिए। उनले फिनल्यान्डमा अध्ययनका अवसर, भर्ना प्रक्रिया, शैक्षिक प्रणाली तथा भविष्यका सम्भावनाबारे विस्तृत जानकारी प्रदान गरेका थिए।

कार्यक्रममा आइडिबिको तर्फबाट युरोपियन शिक्षा बजार तथा शैक्षिक परामर्श व्यवसायीहरूका लागि आउने नयाँ अवसरहरू बारे समेत जानकारी दिइएको थियो। सहभागीहरूलाई युरोप केन्द्रित मार्केटिङ र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना बारे जानकारी गराइएको थियो।

कार्यक्रम मार्फत इक्यान झापाले शिक्षा क्षेत्रका सरोकारवालाहरूलाई आपसी समन्वय, सहकार्य र ज्ञान आदानप्रदानका लागि प्रभावकारी मञ्च प्रदान गरेको भन्दै आयोजकले धन्यवाद व्यक्त गरेका छन्।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै आइडिबि ग्लोबलका प्रबन्ध निर्देशक इश्वर घिमिरेले कार्यक्रम सहभागी विद्यार्थी तथा व्यवसायीहरूका लागि अत्यन्तै लाभदायक भएको बताए। उनले आइडिबिले फिनल्यान्ड सहित युरोपियन मुलुकहरूमा जाने नेपाली विद्यार्थीहरूलाई विश्वसनीय सेवा प्रदान गर्दै आएको भन्दै आधिकारिक परामर्श, डकुमेन्ट निर्माण तथा सहज प्रक्रियाका लागि विद्यार्थी तथा व्यवसायीहरूले आफूहरूलाई सम्झिनुपर्ने बताए। आइडिबि आफ्नै कामले भरोसायोग्य नाम बनेको उनको भनाई थियो। युरोपियन मुलुकहरूमा सेवा विस्तार गर्न इच्छुक शैक्षिक परामर्श संस्थाहरूलाई आइडिबि ग्लोबलसँग सहकार्य गर्न उनले आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड